
नेपालगञ्ज । महेन्द्र बहुमुखी क्यासम्पस नेपालगञ्जमा आंशिक प्राध्यापकहरुले क्याम्पस प्रमुख लगायत शाखामा तालाबन्दी गरेका छन् ।
समान काम, समान ज्यालाको माग गर्दै केन्द्रीय संघर्ष समितिको निर्णय अनुसार देशभरका आंङ्गिक क्याम्पसहरुमा तालाबन्दी गर्ने कार्यक्रम अन्र्तगत महेन्द्र बहुमुखि क्याम्पसको क्याम्पस प्रमुखको कार्यकक्ष, प्रशासन र लेखा शाखामा तालाबन्दी गरिएको हो ।
श्रम ऐन २०७४ को धारा ७ ले समान कामको समान ज्याला पाउने अधिकार सुनिश्चित गरेको भएपनि त्रिभुवन बिश्वबिद्यालयमा उही कक्षा उही घण्टी एउटा स्थायी प्राध्यापकले महिनाको ५५ हजारका दरले ६ महिनाको करिब ३ लाख बढि प्राप्त गर्छ भने एउटा आंशिक प्राध्यापकले ६ महिनामा मुश्किलले ४०/५० हजार मात्र बुझ्ने गरेको अवस्था रहेका कारण प्राध्यापकहरुको आन्दोलन केवल ज्याला, सामानता र न्यायको लागि भएको भन्दै तालाबान्दी गरिएको जारी बिज्ञप्तिमा उल्लेख छ ।
आन्दोलनको थप कारण जान्न बिज्ञप्ति हेर्नुहोस ।






