फुल्टेक्रामा बिशेषज्ञसहित निःशुल्क स्वास्थ्य शिबिर संचालन हुँदै

नेपालगञ्ज । नेपालगञ्ज उपमहानगरपालिका वडा नं ६ फुल्टेक्रामा शनिबार निःशुल्क स्वास्थ्य शिबिर संचालन हुने भएको छ । शनिबार दिनभरी फुल्टेक्रास्थित सिदार्थ बिद्या सदनको परिसरमा उक्त निःशुल्क स्वास्थ्य शिबिर संचालन हुने भएको हो ।

शिबिरमा बिभिन्न बिशेषज्ञा डाक्टरहरुको उपस्थिति रहने भएको छ । आफ्नो टोल छिमेकमै आयोजना हुन लागेको शिबिरमा पश्चिम नेपालका चर्चित डाक्टहरुले स्वास्थ्य जाँच गर्नुहुनेछ ।

गरीब तथा बेरोजगार कल्याण संघ नेपाल र इस्लामिक सेन्टर अफ द वल्र्ड फेडरेशन इन नेपालको संयुक्त आयोजनामा बृहत स्वास्थ्य शिबिरको आयोजना गरिएको हो ।

फागुन २१ गते बिहान १० बजेदेखि साँभ ३ बजेसम्म संचालन हुने शिबिरमा नेपालगञ्ज मेडिकल कलेज नेपालगञ्जमा कार्यरत बिशेषज्ञहरु फिजिसियन डा.आसिम किदवाई, बाल रोग बिशेषज्ञ डा.प्यूस कनोडिया, छाला रोग बिशेषज्ञ डा.कुमार पोखरेल, स्त्री रोग बिशेषज्ञ डा.साफिया समिम शेष, नाक, कान, घाटी बिशेषज्ञ डा.लोक राम बर्मा, हाडजोर्नी तथा नशा रोग बिशेषज्ञ डा.सैयद सद्दाम र आँखा उपचार सम्बन्धी फत्तेबाल आँखा अस्पतालका बिशेषज्ञ चिकित्सकहरुद्धारा सेवा प्रदान गरिने आयोजकले जनाएको छ ।

आफ्नो टोल छिमेकमै आयोजना गरिएको शिबिरमा सहभागि भई मौकाको फाइदा उठाउन अनुरोध गरिएको छ । शिबिरमार्फत आवश्यक औषधी समेत निःशुल्क बितरण गरिनेछ ।

Previous articleमहेन्द्र बुहुमुखि क्याम्पस प्रमुख लगायत कक्षमा तालाबन्दी
Next articleपछि गुनासो गर्नुभन्दा, बैशाख ३० मा जनताले गम्भीर भएर सोचौं !

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here