पछि गुनासो गर्नुभन्दा, बैशाख ३० मा जनताले गम्भीर भएर सोचौं !

हाम्रो देश नेपाल आर्थिक संकट भएर गरिब मूलुक बनेको होइन, यहाँ त खोक्रो राष्ट्रवाद बोकेर, कसैको झोले र गुलामी कार्यकर्ता बनेर गरिब राष्ट्र बनेको हो ।

एक छाक मासु भातको भरमा हामी नेपाली राष्ट्रियता बिर्सेर राम्रो नेतृत्व चयन गर्न जान्दैनौं । जब चुनाब नजिकिँदै गर्छ त्यतिबेला बिभिन्न पार्टीका नेता कार्यकर्ता नमस्कार गर्दै दैलो दैलोमा पुग्ने प्रवृति हामी सबैमा अवगत नै छ ।

हामी नेपाली, नेताहरुले विकास गरेनन, भनेर पटक पटक गुनासो गर्ने र विरोध गर्ने कार्य गरिरहन्छौं । जब चुनाब आउछ, तब मासु भातमा बिकेको पत्तै पाउँदैनौं । विगतका दिनदेखि हामीले हाम्रो गाउँ समाज र राष्ट्रमा विभिन्न नेतृत्व चयन गर्दै आएका छौं ।

यिनिहरूले गरेको योगदान पनि प्रष्टै छ, तर यस्तो समस्या थाहा हुँदाहुँदै फेरि पनि लोभ लालचमा किन लाग्छौं, हामी नेपालीहरु ? यदि हामीलाई २ छाक मासु भात मात्र चाहिएको हो भने त्यस्ता भ्रष्टाचारी नेताहरुलाई जिताउँदा हुन्छ, तर यदि साच्चिकै राष्ट्रको दिर्घकालिन विकास चाहान्छौं भने हाम्रो होइन राम्रो नेता चयन गरौं ।

चुनाव प्रचार प्रसार अभियानमा आउँदै गर्दा भन्ने गर्छन् हामीलाई जिताएर हेर्नुस, हामी तपाईंले भनेका सबै काम पुरा गर्ने छौं भनेर कसम खाँदै झुटो खेतीको प्रचार गर्छन् ।

जब चुनावपछि बिजयी हुन्छन् त्यस पश्चात अनुहार नै देखाउदैनन, यो मैंले त्यसै भनेको होईन हाम्रै गाउँ समाजमा हुने जल्दाबल्दा घटना हुन ।

आउँदै गरेको चुनावलाई लक्षित गरेर म आग्रह गर्न चाहन्छु, आदरणीय आमाबुबा, दाजुभाइ तथा दिदीबहिनी एक पटक ठन्डा दिमाग लगाएर सोच्नुस । हाम्रो जिन्दगी लामो छ, हामीलाई मात्र होइन हाम्रा सन्ततीहरुको लागि पनि दिर्घकालीन विकासको आवश्यकता छ ।

त्यसैले २ पैसामा नबिक्नुहोस् । हाम्रो समाज र राष्ट्रलाई चाहिने योग्य र सक्षम व्यक्तिहरुलाई आफ्नो अमूल्य भोट दिनुस । विडम्बना यस कुरामा छ, जुन हामीले कुनै दिमाग नलगाई कसैले आस्वासन दिएको भरमा भोट दिएर जिताउँछौं, अनि केही समयपछि केहि गरेनन भनेर उहि व्यक्तिको खेदो खन्ने गर्छौं ।

यसो गर्नुभन्दा समय छ, त्यसैले एक पटक गम्भीर भएर सोच्ने कि ? हाम्रो होइन राम्रो छानौं, अनि राष्ट्रिय हितको विरुद्ध काम गर्न त्यो प्रतिनिधिलाई घचघच्याई राख्ने काम गरौं, किनकी एउटा चुलोमा आगो बल्दै गर्दा पटक पटक दाउरा ठोस्दै गर्नुपर्छ । त्यसैले हामीले नेता जिताउने मात्र होइन पटक पटक दबाब पनि दिदै गर्नुपर्छ अनि मात्र विकास सम्भव छ ।

हामीले जिताएका ति भ्रष्टाचारी विदेशी दलालीहरुको चर्तिकला देख्दै आएका हुन्छौं । त्यसैले त्यो कुरालाई पनि हेक्का राखौं । राजनीति एउटा घुमाउरो खेल हो, कहिले केही, कहिले केहि घटनाक्रम घटिरहेकै हुन्छन ।

छेपारोले रङ वदले जस्तै आज एउटा बोलि हुन्छ, भोलि अर्को बोलि फेर्छन् । भर्खरै जल्दो बल्दो समस्या एम सिसिलाई हेरौं ।नेपाली कांग्रेसले संसदबाट एमसिसी अनुमोदन गर्नुपर्छ भनेर आफ्नो अडान राखिरहयो ।

नेकपा एकीकृत समाजबादी र नेकपा माओवादी केन्द्र सरकार छाडेर सडकमा विरोध गर्न आएका थिए, तर नेकपा एमाले र कांग्रेसको गठबन्धन भएर बहुमतले एमसिसी पास हुने भएकोले नेकपा एकीकृत समाजबादी र नेकपा माओवादी केन्द्र सत्ता गठबन्धन जोगाउनका लागि एमसिसीमा रहेका राष्ट्रघाती वुँदाहरुलाई व्याख्यात्मक रुपमा अनुमोदन गरि घोषणा गरे ।

त्यसैले, म फेरि पनि आग्रह गर्न चाहन्छु । आउँदो चुनावमा राम्रो, योग्य र सक्षम नेता चयन गरौं र राष्ट्रिय स्वतन्त्रता, भौगोलिक अखण्डता, स्वाधीनता सार्वभौमसत्तालाई मध्यनजर गर्दै अघि बढौं ।

लेखक नेकपा एकीकृत समाजबादी निकट अनेरास्ववियू सिटिई भिटि बाँके जिल्ला कमिटी सचिव हुनुहुन्छ ।

Previous articleफुल्टेक्रामा बिशेषज्ञसहित निःशुल्क स्वास्थ्य शिबिर संचालन हुँदै
Next articleनेपाल पूर्वाधार पत्रकार समाज गठन, यस्तो छ ११ सदस्यीय कमिटी

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here