नेपाल पूर्वाधार पत्रकार समाज गठन, यस्तो छ ११ सदस्यीय कमिटी

काठमाडौं । नेपाल पूर्वाधार पत्रकार समाज गठन भएको छ । जीवन बस्नेत (नयाँ पत्रिका) को अध्यक्षतामा ११ सदस्यीय कमिटी गठन गरिएको हो ।

उपाध्यक्षमा सुनिता कार्की (अन्नपूर्ण पोष्ट), सचिवमा हिमाल लम्साल (नागरिक दैनिक), सहसचिवमा हिमा विक (अभियान दैनिक), कोषाध्यक्षमा दिनेश खड्का (बिजमाण्डू) रहनुभएको छ ।

त्यस्तै, सदस्यहरुमा क्रमशः बिमल खतिवडा (कान्तिपुर दैनिक), विनय बन्जरा (ग्यालेक्सी फोर के टिभी), दिपेन्द्र थापा (कारोबार दैनिक), निर्दोष घोरासाइने (हाम्रो अर्थ), प्रशन्न ढुङगाना (अर्थ टिभी), संचिता घिमिरे (राष्ट्रिय समाचार समिति) रहनुभएको छ ।

संस्था जिल्ला प्रशासन कार्यालय, काठमाडौमा दर्ता गरिएको छ । पूर्वाधार र विकास निर्माणका क्षेत्रमा क्रियाशील पत्रकारहरुलाइ संगठित गर्दै उनीहरुको क्षमता अभिवृद्धि गर्ने मुख्य उदेश्य राखेर संस्था दर्ता गरिएको हो ।

‘पूर्वाधार क्षेत्रका सरोकारवाला, अनुभवी विज्ञ र अग्रजबाट सिक्ने र नयाँ र सिकारुहरुको दक्षता अभिवृद्धि गर्ने मञ्चको रुपमा संस्थालाई अघि बढाउने उदेश्य हो,’ नेपाल पूर्वाधार पत्रकार समाजका अध्यक्ष बस्नेतले भन्नुभयो,’ विकास निर्माणका विभिन्न क्षेत्रहरु छन्, त्यससँग जोडिने विभिन्न पक्षसँग जानकारमार्फत पत्रकार साथीहरुको क्षमता अभिवृद्धि गर्ने प्रयत्न गरिनेछ ।’

Previous articleपछि गुनासो गर्नुभन्दा, बैशाख ३० मा जनताले गम्भीर भएर सोचौं !
Next articleकांग्रेस बाँकेको सभापतिमा नारायण प्रसाद गौडेल निर्वाचित

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here