
नेपालगञ्ज । नेपाली कांग्रेस बाँकेको सभापति पदमा नारायण प्रसाद गौडेल निर्वाचित हुनुभएको छ । शुक्रबार दोस्रो चरणमा गरिएको निर्वाचनबाट गौडेल सभापतिमा निर्वाचित हुनुभएको छ ।
संस्थापन इतरका नारायण प्रसाद गौडेलले देउवा पक्षका बादशाह कुर्मीलाई पराजित गर्नुभएको छ । गौडेलले ७६० र कुर्मीले ६६३ मत प्राप्त गर्नुभएको छ ।
सभापतिको दोस्रो चरणको मतदानमा कुल १ हजार ४ सय ३९ मत खसेको थियो । मतदानमा १६ मत बदर भएको छ ।
कांग्रेसको १४ औं जिल्ला अधिवेशनका लागि कुल १ हजार ४ सय ९३ मतदाता थिए । गौडेल निर्वाचित भएपछि निकटतम प्रत्यासी कुर्मीले बधाई दिनुभएको छ ।





