खजुरा क्यान्सर अस्पताल बिकास समितिको सदस्यमा यादव मनोनित

नेपालगञ्ज । बाँकेको खजुरामा रहेको शुशिल कोईराला प्रखर क्यान्सर अस्पताल बिकास समितिको सदस्यमा सूर्यलाल यादव मनोनित हुनुभएको छ ।

जनता समाजवादी क्षेत्र नं २ का क्षेत्रीय सभापति समेत रहनुभएका यादवलाई नेपाल सरकार स्वास्थ मन्त्रालयको मन्त्री स्तरिय निर्णयबाट सदस्यमा मनोनयन गरिएको हो ।

गैरसरकारी सस्था महासंघ बाँकेको कार्यसमिति सदस्य यादवको पत्रकारितासंगै समाजसेवातर्फ लामो अनुभव छ । पछिल्लो समय जसपाको क्षेत्रीय सभापतिको नेतृत्व गर्दै आउनुभएको छ ।

अस्पताल बिकास समितिको अध्यक्षमा किशोर थापासंगै सदस्यहरुमा दिपा केसी, इमरान खा र यादव मनोनित हुनुभएको हो ।

पश्चिम क्षेत्रका जनताले महायज्ञबाट सुरु गरिएको जनताको प्रत्यक्ष सहभागिताबाट निर्माण गरि हाल नेपाल सरकारको पुर्ण स्वामित्वमा अस्पताल संचालन भइरहेको छ ।

Previous articleकांग्रेस बाँकेको सभापतिमा नारायण प्रसाद गौडेल निर्वाचित
Next articleचौधरी सरकार बक्स पोलिक्लिनिक एण्ड डाइग्नोस्टिकमा निः शुल्क स्वास्थ्य शिविर हुँदै

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here