
नेपालगंज । फागुन २१ गते सितलनगरमा निः शुल्क स्वास्थ्य शिविर हुने भएको छ ।
ज्ञान, दामोदर स्मृति प्रतिष्ठान तथा चौधरी हरदत्त एवं सरकार बक्स स्मृति प्रतिष्ठानको आयोजनामा चौधरी सरकार बक्स पोलिक्लिनिक एण्ड डाइग्नोस्टिक प्रालि नेपालगंज–१०, शितल नगर फागुन २१ गते शनिबार उक्त शिबिर संचालन हुन लागेको हो ।
जिल्ला हुलाकको पछाडी रहेको त्रिशक्ति मन्दिर नजिक अवस्थित पोलिक्लिनिकमा विशेष फिजिशियन एवं पेट तथा कलेजो रोग, स्त्री तथा प्रसुती रोग, छाला तथा यौन रोग, नाक, कान, घाटि रोग सहित ४ प्रकारको रोगहरुको निः शुल्क स्वास्थ्य जाँच गरिने आयोजकले जनाएको छ ।
शिविरमा डा. संकेत रिसाल, डा. उर्मिला पराजुली “रिसाल”, डा. आर.के.झा. र डा. दिनेश कुमार चौधरी लगायत चिकित्सकहरुको उपस्थिति रहने चौधरी सरकार बक्स पोलिक्लिनिक एण्ड डाइग्नोस्टिक प्रालिका अध्यक्ष अरबिन्द कुमार चौधरीले जानकारी दिनुभयो ।
शिविरमा सेवा लिन आउने बिरामीहरुको जाँचको आधारमा बिरामीहरुलाई फागुन २४ गते नारी दिवसको दिनसम्म औषधी, ल्याब, एक्स–रे र भिडियो एक्स–रेमा विषेश छुट प्रदान गरिने जनाइएको छ ।





