
शिवराज साहु, नेपालगंज । नेपाली चिकित्सकहरूद्वारा नेपाली चिकित्सक दिवस २०७८ ‘फागुन २० गते शुक्रबार सम्पन्न भएको छ । एक कार्यक्रमको आयोजना गरेर चिकित्सक दिवस मनाइएको हो ।
कार्यक्रमको डा.जि राज शाक्यले दीप प्रज्वलन गरी उद्घाटन गर्नुभएको थियो । कार्यक्रममा विशेष अतिथि संघका पूर्वअध्यक्ष, डा जि राज शाक्य, डा दुर्गा प्रसाद प्रधान, डा एम किदवाई, डा गोपाल श्रेष्ठ, डा बासु अधिकारी, डा सुरेश कुमार कनोडिया, डा श्याम सुन्दर यादव, डा रमेश कुमार श्रेष्ठ, निबर्तमान अध्यक्ष डा बिनोद कर्ण तथा बर्तमान अध्यक्ष डा बिनोद कुमार थापाको उपस्थिति रहेको थियो ।
डा.शाक्यले आफ्नो मन्तव्यमा डा.सुरेश कुमार कनोडियाले दिनुभएको योगदानको प्रशंशा गर्दै मेडिकल कलेज जस्तो संस्था हाम्रो क्षेत्रमा स्थापना हुनु साह्रै गर्वको कुरा रहेको उल्लेख गर्नुभयो ।
संघका अध्यक्ष डा. थापाले ईतिहासमा नेपाली डाक्टरहरुको पहिलो संगठन नेपाल चिकित्सक संघको स्थापना भएको दिन फाल्गुन २० मा मनाउने गरिएको र शुक्रबार ७२ औं नेपाली चिकित्सक दिवसको अवसरमा कार्यक्रम आयोजना गरिएको बताउनुभयो ।
कार्यक्रममार्फत यस क्षेत्रमा अमूल्य योगदान दिनुभएका डा.निना श्रेष्ठ र डा.भोजराज जोशीलाई Certificate of Life time Achievement Award बाट सुशोभित गरिएको छ ।
यस्तै ७२ औं चिकित्सक दिवस २०७८ को उपलक्ष्यमा माघ २० गते देखि फागुन १ गते सम्म आयोजना गरेको फुटसल, केरम, बेडमिन्टन र टेबल टेनिस प्रतियोगिताको आयोजना गरिएको थियो ।
उक्त प्रतियोगिता फागुन १ गते सम्पन्न भई प्रतियोगिताको पुरस्कार वितरण ७२ औं चिकित्सक दिवस फागुन २० गते शुभ अवसरमा कार्याक्रम आयोजना गरी प्रतियोगितामा विजेता, उप–विजेता र सहभागी भएकाहरु चिकित्सकहरुलाई ट्राफी, मेडल र प्रमाण–पत्र पुरस्कार प्रदान गरिएको थियो ।
खेलकुद प्रतियोगिताले चिकित्सहरुमा थप उर्जा र उत्साह जागेको कार्यक्रममा देखिएको थियो ।
नेपाली चिकित्सक दिवस मनाउनुको मूल उद्देश्य डाक्टर बीरामी वीचको सुमुधुर संबन्ध स्थापीत गर्ने र चिकित्सकहरू वीरामीको सेवामा अहोरात्र तल्लीन भएको स्मरण गराउन यो दिवस मनाउने गरिएको संघका सचिव डा.दिनेश कुमार चौधरीले जानकारी गराउनुभयो ।
कार्यक्रमलाई चिकित्सक संघका उपाध्यक्ष डा.खगेन्द्र जंग शाह, संचालक डा.विवेक आचार्य तथा डा. पारस श्रेष्ठले संचालन गर्नुभएको थियो ।





