सोपान फर्मास्यूटिकल्सद्वारा ६ प्रकारका औषधिको बिक्री वितरण सुरु

काठमाडौं । सोपान फर्मास्यूटिकल्स लिमिटेडले औषधिहरुको उत्पादन गरी नेपाली बजारमा बजारिकरण गर्न सुरु गरेको छ ।

कम्पनीले शनिबार मेरियट होटलमा औपचारिक कार्यक्रम गर्दै औषधि सार्वजनिक गर्नुको साथै अत्याधुनिक प्रविधिको माध्यमबाट विभिन्न किसिमका गुणस्तरिय औषधिहरुको उत्पादन गरी नेपाली बजारमा बजारिकरण गर्न सुरु गरेको घोषणा गरेको गरेको हो ।

कम्पनीले हाल Alerz, Anuer, Cyprite, Montrin, Myzith र Onmit नामका औषधिको बजारीकरण सुरु गरेको हो । कोभिड–१९ महामारीको समयमा सोपान फर्मास्युटिकल्स लिमिटेडले अत्यावश्यक अक्सिजन उत्पादन गरी विभिन्न अस्पताल तथा स्वास्थ्य संस्थाहरुमा सर्वसुलभ रुपमा उपलब्ध गराई नेपाली जनताको स्वस्थ्यमा प्रत्यक्ष सहयोग पु¥याएको कम्पनीले जनाएको छ ।कम्पनीले कोभिड–१९ महामारीको दोस्रो लहरमा देशभरी सहज रुपमा ढुवानी गर्न सकिने पोर्टेबल र अकस्मात पर्दा प्रयोग गर्न सकिने अक्सिनज क्यानको उत्पादन तथा बजारिकरण गरी नेपाली जनताको स्वास्थ्य सेवामा अनुकरणीय योगदान गरेको पनि उल्लेख गरेको छ ।

सोपान मल्टिपल कम्पनी एउटा इन्भेस्टमेन्ट कम्पनी हो । यस कम्पनीले शिक्षा, स्वास्थ्य र उर्जा क्षेत्रमा विगत तेह्र वर्ष देखि लगानी गर्दै आइरहेकोमा हाल औषधि क्षेत्रमा लगानी गर्ने क्रममा सोपान फर्मास्यूटिकल्स लिमिटेड मार्फत एक सय २७ करोड लगानी गरेको हो ।

कम्पनीको वार्षिक उत्पादन क्षमता ९० करोड ट्याब्लेट, ७ करोड क्याप्सुल्स, ३ लाख लिटर लिक्विड, २० लाख बोतल ड्राई पाउडर, र ३० लाख ट्युब ओईन्टमेन्ट रहेको छ ।कम्पनीले विश्व स्वास्थ्य संगठनले तोकेको GMP Guidelines लाई अक्षरस पालना गर्दै अत्याधुनिक HPLC System, Clean Room System तथा Water Purification System को व्यवस्था गरिएको जनाएको छ । साथै औषधिहरुको गुणस्तरीयता परिक्षण गर्नको लागि आबश्यक पर्ने HPLC उपकरण तथा अन्य आवश्यक उपकरणहरु जडान गरिएको कम्पनीले उल्लेख गरेको छ ।

साथै औषधिको Trial Batch तथा Stability Test गर्नको लागी अत्याधुनिक किसिमका Research and Development (R&D) तथा Microbiology Lab स्थापना गरि संचालन गरिएको र कारखानाबाट निस्कने औषधिजन्य फोहोरहरुलाई सुद्धिकरण गर्नको लागी Effluent Treatment Plant (ETP) जडान गरी औषधिजन्य फोहोर व्यवस्थापन गरिएको कम्पनीले उल्लेख गरेको छ ।

Previous article७२ औं नेपाली चिकित्सक दिवस २०७८ मनाइयो (फोटो फिचर)
Next articleखजुरामा विश्वविद्यालय : जुर्मुरायो बाँके, प्रदेश सांसद पौडेलेको संयोजकत्वमा संघर्ष समिति

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here