खजुरामा विश्वविद्यालय : जुर्मुरायो बाँके, प्रदेश सांसद पौडेलेको संयोजकत्वमा संघर्ष समिति

नेपालगन्ज । लुम्बिनी प्रदेश सरकारले बाँकेको खजुरामा स्थापना गर्न लागेको प्रदेश बिश्व बिद्यालय अन्यत्र सार्न गरेको प्रयास विरुद्ध बाँकेबासी एक भएका छन् ।

बाँकेमा विश्वविद्यालय स्थापना गर्न प्रदेश संसद र बाहिर दुबै ठाउँमा संघर्ष गर्न बाँकेबासी जुर्मुराएका हुन् ।

जिल्ला समन्वय समिति बाँकेका संयोजक अजयकुमार श्रीवास्तवको अध्यक्षतामा आइतबार नेपालगन्जमा बसेको बैठकले प्रदेश सांसद आरती पौडेलेको संयोजकत्वमा संघर्ष समिति निर्माण गरेको छ ।

बाँके र बर्दियाका प्रदेश सांसद, जिल्ला समन्वय समितिका संयोजक, बाँकेका सबै पालिकाका प्रमुख, विभिन्न राजनीतिक दलका अध्यक्षहरु, पेशागत संघ संगठनका छाता संगठनका अध्यक्ष सम्मिलित समिति निर्माण गरिएको हो ।

बैठकको शुरुमा खजुरा गाउँपालिका प्रमुख किस्मत कुमार कक्षपलिले हालसम्म विश्वविद्यालय स्थापनाका लागि गरिएका प्रयास बारे बैठकमा राख्नुभयो ।

बिश्व बिद्यालयका लागि एक सय बिगाह जमिन कानूनी रुपमै उपलब्ध गराएर प्रदेश सरकारको आर्थिक बर्ष २०७६/०७७ को नीति तथा कार्यक्रम र बजेट मार्फत खजुरामा लम्बिनी प्रदेश स्तरीय बिश्व बिद्यालय स्थापना गर्ने घोषणा भएको थियो ।त्यसका लागि पालिकाले खजुरा गाउँपालिका वडा नंम्बर ८ रनियापुरमा एकसय बिगाह जमिन नापी गराई प्रदेश बिश्व बिद्यालयका लागि उपलब्ध गराउनुका साथै वडा नंम्बर ८ मा सर्वपक्षीय छलफल र निर्णय गरी गाउँसभाबाट पारित गरेर जिल्ला सभाबाट समेत पारित गरेर मूख्यमन्त्री तथा मन्त्रीपरिषदको कार्यालयलाई सम्पूर्ण कागजात उपलब्ध गराएको खजुरा गाउँपालिका अध्यक्ष किस्मत कुमार कक्षपति बताउनुभयो ।

बिश्व बिद्यालयका लागि खजुरा गाउँपालिकाले गर्नुपर्ने सबै प्रकृया पूरा गरेरै अगाडी बढाईएको भएपनि कार्यान्वयनका चरणमा जानेबेला अन्यत्र सार्ने कुराले बाँकेबासीलाई चिन्तित बनाउँदा बाँकेबासी संघर्षमा उभिएका हुन । प्रदेश बिश्व बिद्यालयको लुम्बिनी सरकारले रातो किताब (राजपत्रमा) प्रकाशित गरिसकेको छ ।

प्रादेशिक बिश्व बिद्यालयका सन्दर्भमा बाँके र बर्दियास्थित प्रदेश सांसद, राजनैतिक दल, पालिका प्रमुख, जिल्ला समन्वय समिति प्रमुख, शिक्षा क्षेत्र, बुद्धिजीवी लगायत सम्पूर्ण सरोकारवाला निकायसंग सर्बपक्षीय बैठक गरिएको हो ।

बैठकमा प्रदेश सांसद आरती पौडेल, बाबुराम गौतम, मोहम्मद याकुव अन्सारी, नेकपा एमालेका केन्द्रीय सदस्य दीपा शर्मा, पशुपति दयाल मिश्र, नागरिक अगुवा सनत रेग्मी, विभिन्न राजनीतिक दलका प्रतिनिधि लगायतले विश्वविद्यालयको सवालमा आफुहरु एक ठाउँमा रहेको बताउनुभयो ।

Previous articleसोपान फर्मास्यूटिकल्सद्वारा ६ प्रकारका औषधिको बिक्री वितरण सुरु
Next articleबाँकेमा ३ जना लागुऔषध कारोबारी पेस्तोलसहित पक्राउ

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here