
नेपालगञ्ज । बाँके प्रहरीले लागुऔषध कारोवाबरीलाई पेस्तोलसहित पक्राउ गरेको छ । प्रहरीले जिल्लाको खजुरा गाउँपालिका वडा नं १ स्थित पेस्तोलसहित लागु औषध कारोबारीलाई पक्राउ गरेको हो ।
प्रहरीले स्थानीय २५ वर्षीय रबिन्द्र थापा, २७ वर्षीय मनिष थापा र २८ वर्षीय सुरेश मगर करिब ९० ग्राम ब्राउन सुगरसहित पक्राउ गरेको जनाएको छ । उनीहरुलाई आइतबार साँझ पक्राउ गरिएको हो ।
बाँकेका प्रहरी प्रवक्ता एव प्रहरी नायब उपरिक्षक मधुसुदन न्यौपानेले पक्राउ परेकाहरुको खानतलासी गर्दा एक वटा अटोमेटिक पेस्तोल समेत फेला परेको बताउनुभयो । उनीहरुलाई हिरासतमा राखेर अनुसन्धान अघि बढाइएको छ ।





