नेपालगञ्ज पनि बाल विवाह मुक्त घोषणा हुँदै

नेपालगञ्ज । बाँकेको नेपालगञ्ज उपमहानगरपालिका बाल विवाहमुक्त पालिका घोषणा हुँदैछ । केही समयअघि केही वडा मात्र बाल विवाह मुक्त घोषणा भइसकेको उपमहानगरपालिकालाई सोमबार औपचारिक रुपमा बाल विवाह मुक्त पालिका घोषणा गर्न लागिएको हो ।

पालिकालाई नै सोमबार बाल विवाहमुक्त घोषणा गर्न लागिएको उपमहानगरपालिकाकी प्रमुख महिला बिकास अधिकृत शोभा शाहले जानकारी दिनुभयो । सोमबार एकैपटक वडा नं ५, ७, ८, १३, १४, १५, १६, १७, १९, २२ र २३ लाई बाल विवाहमुक्त घोषणा गर्दै पालिकालाई समेत घोषणा गर्न लागिएको जनाइएको छ ।

नेपालगञ्ज बाँकेको चौथौ पालिकाका रुपमा बाल विवाह मुक्त घोषणा हुन लागेको हो । यसअघि बाँकेको जानकी गाउँपालिका, बैजनाथ गाउँपालिका र खजुरा गाउँपालिका बाल विवाह मुक्त घोषणा भएका छन् । ८ वटा पालिका रहेको बाँकेमा अब चार वटा पालिका घोषणा हुन बाँकी छन् ।

Previous articleबाँकेमा ३ जना लागुऔषध कारोबारी पेस्तोलसहित पक्राउ
Next articleनेपालगञ्ज वाल विवाह मुक्त घोषणा

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here