नेपालगञ्ज वाल विवाह मुक्त घोषणा

नेपालगञ्ज । नेपालगञ्ज उप–महानगरपालिकालाई सोमबार बालविवाह मुक्त वडा घोषणा गरिएको छ ।

सोमबार उप–महानगरपालिकाका आयोजित कार्यक्रममा घोषणा गर्न बाँकी रहेका १२ वडालाई वाल विवाहमुक्त वडा घोषणा गर्दै समग्रमा उपमहानगरपालिकालाई नै वाल विवाहमुक्त वडा घोषणा गरिएको हो ।

सोमबार वडा नम्बर ५,६,७,८,१३,१४,१५,१६,१७,१९,२२ र २३ नम्बर वडालाई वाल विवाहमुक्त वडा घोषणा गरिएको हो । नगरका २३ वडालाई नै वाल विवाहमुक्त वडा घोषणा गरिएपछि उप–महानगरपालिकालाई नै वाल विवाहमुक्त पालिका घोषणा गरिएको हो ।

घोषणा सभामा जिल्ला समन्वय समिति बाँकेका संयोजक अजय श्रीवास्तवले फागुनभित्रै जिल्लालाई वाल विवाहमुक्त जिल्ला घोषणा गर्न लागिएको जानकारी दिर्दै फागुनभित्रै वाल विवाह मुक्त घोषणा गर्ने नेपालगञ्ज उपमहानगरपालिकालाई १० लाख पुरस्कार प्रदान गरिने बताउनुभयो ।

नेपालगञ्ज उपमहानगरपालिकाका उपप्रमुख उमा थापा मगरले चुनौतीकाबीचमा पनि नगरलाई वाल विवाहमुक्त घोषणा गर्न सकिएको बताउनुभयो । उहाँले घोषणा कार्यान्वयनका लागि सबै नगरबासीको साथ र सहयोगको अपेक्षा गरिएको बताउनुभयो । घोषणामा साथ र सहयोग गर्ने सबैलाई उहाँले आभार ब्यक्त गर्नुभयो ।

कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत जगत बस्नेत, नेपाली काँग्रेस बाँकेका सचिव सुधांशु कोइराला, नेकपा एमालेका नेपालगञ्ज उपमहानगरपालिका कमिटीका अध्यक्ष दत्तप्रसाद आचार्य, उपमहानगरपालिका सामाजिक विकास महाशाखा प्रमुख शोभा शाह, वडा नम्बर १७ का वडा अध्यक्ष अजय पाठक लगायतले मन्तव्य ब्यक्त गर्नुभएको थियो ।

कार्यक्रममा वडा अध्यक्ष तथा सदस्य, कार्यपालिका सदस्य, सामाजिक संघ संस्थाका प्रतिनिधी, कर्मचारी, वाल क्लवका प्रतिनिधी लगायतको सहभागिता थियो । घोषणाअघि गरिएको सर्भेक्षणमा नेपालगञ्जमा ५.७७ प्रतिशत मात्रै वाल विवाह भएको पाइएको छ ।

Previous articleनेपालगञ्ज पनि बाल विवाह मुक्त घोषणा हुँदै
Next articleनेपालगन्ज ५ को अध्यक्ष पदमा सब्बिर अन्सारीको उम्मेदवारी घोषणा

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here