नेपालगन्ज ५ को अध्यक्ष पदमा सब्बिर अन्सारीको उम्मेदवारी घोषणा

नेपालगञ्ज । स्थानीय तहको निर्वाचनको मिति नजिकिएसँगै चुनावी गतिविधिहरु बढ्न थालेका छन् । उम्मेदवारी घोषणासँगै मतदातामाझ भेटघाट गर्ने र आफ्ना चुनावी एजेन्डाहरु राख्नेक्रम सुरु भएको छ ।

यसैक्रममा नेकपा एकिकृत समाजवादीका नेता मोहम्मद सब्बिर अन्सारीले नेपालगन्ज उपमहानगरपालिका–५ को वडाअध्यक्षमा उम्मेदवारी घोषणा गर्नुभएको छ ।

उहाँले आगामी बैशाख ३० गते हुने चुनावका लागि वडा नम्वर ५ को अध्यक्ष पदमा उम्मेदवारी घोषणा गर्नुभएको हो । समाजसेवामा सक्रिय अन्सारीले आफुनो उम्मेदवारी स्थानीयबासीको दुखमा साथ दिनका लागि भएको बताउनुभएको छ ।

स्थानीय वडाको विकास, सम्बृद्धि र स्थानीयबासीको पीरमर्का र समस्या समाधानका लागि आफुले पहल गर्ने बताउनुभयो ।

उहाँले विगत २० वर्षदेखि समाजसेवाको काम गर्दै आउनुभएको छ । उहाँका अनुसार त्यही कामको मूल्यांकनमा स्थानीयबासीले आफुलाई जिताउने विश्वास समेत व्यक्त गर्नुभयो ।

Previous articleनेपालगञ्ज वाल विवाह मुक्त घोषणा
Next articleनेपालगञ्ज ४ मा स्थानीयले मन्दिर निर्माण गर्दै, सेवा नेपालले गर्यो सहयोग

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here