
नेपालगञ्ज । राष्ट्रिय निजी तथा आवासीय बिद्यालय एसोसिएसन नेपाल (नेशनल प्याब्सन) नेपालका केन्द्रीय अध्यक्ष पाण्डव हमालले सिंङ्गो मुलुकले शिक्षामा नयाँ फडको मार्नुपर्ने बताउनुभएको छ ।
नेपालगञ्जमा दुई दिन चलेको राष्ट्रिय अधिवेशनबाट नव निर्वाचित अध्यक्ष हमालले मंगलबार बाँकेका पत्रकारसंग छलफल गर्दै मुलुकको शिक्षा क्षेत्रमा फडको मार्नुपर्ने अवस्था रहेको बताउनुभएको हो ।
२०२८ सालमा बनेको शिक्षा ऐनलाई नै परिमार्जन गरेर ९ औं शिक्षा ऐन त्यस्तै ल्याउने तयारी रहेकाले त्यो शिक्षा ऐनलाई समय सापेक्ष बनाउनुपर्ने अध्यक्ष हमालले बताउनुभयो ।
“शिक्षा ऐनलाई दोहर्याइरहेको छ, शिक्षा ऐन अहिले पनि बन्दी बनेको छ,” अध्यक्ष हमालले भन्नुभयो, “त्यसकारण शिक्षा ऐनलाई समाय सापेक्ष बनाउनुपर्छ ।” एन प्याब्सनले धेरै कुराहरुमा परिमार्जन गर्नुपर्ने माग राखेको भएपनि पुरा हुन नसकेकोले र बिभेदकारी छात्रबृत्ति जस्ता कुराहरुको अन्य लगायतका कुराहरुलाई सच्याएर ल्याउनुपर्ने अध्यक्ष हमालले माग गर्नुभयो ।
निजी बिद्यालयले समेत देशको शिक्षा क्षेत्रमा ठुलो योगदान रहेको र ८ हजारको संख्यामा रहेको निजी बिद्यालयहरुले बिपतमा पनि बालबालिकाहरुको संरक्षण गरेको अध्यक्ष हमालले बताउनुभयो ।
उहाँले राज्यको शिक्षा क्षेत्रलाई धानेको हुँदा निजी बिद्यालयकोहरुको मागलाई सम्बोधन गरेर नयाँ शिक्षा ऐन बनाउनुपर्ने कुरामा जोड दिनुभयो ।





