ब्राउन सुगरसहित नेपालगन्ज सीमाबाट दुई जना पक्राउ

नेपालगन्ज । नेपालगन्ज उपमहानगरपालिकाबाट ३ ग्राम लागु औषध ब्राउन सुगरसहित दुई जना पक्राउ परेका छन् ।

भारतबाट लागू औषध ब्राउन सुगर अंदाजी ३ ग्राम ल्याउँदै गरेका जुम्लाकाे चन्दननाथ नगरपालिका वडा न- ५ का २३ वर्षीय बिष्णु रावत र तातोपानी गाउँपालिका वडा न-भरत रावललाई प्रहरीले पक्राउ गरेकाे हाे ।ईलाका प्रहरी कार्यालय जमुनाहाका प्रमुख मीन बहदुर बिष्टकाे नेतृत्वमा खटिएका प्रहरी र लागू औषध नियन्त्रण ब्युराेकाे संयुक्त टाेलीले शंका लागेर चेकजाँच गर्दा बुधबार दिउँसो पाैने ३ बजे उनीहरूलाई पक्राउ परेका हुन् ।

Previous articleमुलुकले शिक्षामा नयाँ फडको मार्नुपर्छ : केन्द्रीय अध्यक्ष हमाल
Next articleपेट्रोलियम पदार्थको मुल्यबृद्धिकाे विराेधमा काेहलपुरमा राके जुलुस

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here