पेट्रोलियम पदार्थको मुल्यबृद्धिकाे विराेधमा काेहलपुरमा राके जुलुस

काेहलपुर / राप्रपा नेपाल कोहलपुर नगर कार्य समितिले पेट्रोलियम पदार्थको मूल्य बृद्विको विरोधमा राके जुलुस प्रदर्शन गरेको छ ।

सरकारले पटक–पटक पे्रट्रोलिएम पदार्थको मूल्य बृद्धि गरेको भन्दै राप्रपा नेपाल कोहलपुर नगर समितिले राँके जुलुस निकालेर प्रदर्शन गरेको हो ।

सरकारले जनताको ढाड सेक्ने गरि पेट्रोल, डिजेज, मट्टीतेल र एलपी ग्याँसको मूल्य वृद्धि गरेकाले आफ्नो संगठनले विरोध गरेको राप्रपा नेपाल कोहलपुर नगर समिति अध्यक्ष प्रमात कुमार श्रेष्ठले बताउनुभयाे । उहाँले सरकारले जनताको मतलव नगरेर मूल्यवृद्धि गरेको आरोप लगाउदै सरकारको दिनगन्ती सुरु भएको चेतावनी दिनुभयाे ।

प्रदर्शनमा सहभागि राप्रपा नेपालका केन्द्रिय सदस्य श्रीधर सुवेदीले हालै भएको मुल्यवृद्धि फिर्ता गर्न माग गर्दै उहाँले जनताको सेवा गर्न नसक्ने भए राजीनामा दिन शासक दलहरुलाई आग्रह गर्दै अहिलेको राज्यव्यवस्था जनताको पक्षमा नभएकाले आफूहरु आन्दोलनमा उत्रिएको र यदि मुल्यबृद्धि फिर्ता नभए राप्रपा नेपालले विराेधका कार्यक्रमहरु गरिरहने उहाँले बताउनुभयाे ।प्रदर्शनमा राप्रपा नेपाल युवक संगठनका केन्द्रीय सदसय सुमन के.सी.ले महङ्गीले सर्वसाधारण जनता मारमा परेकोले आन्दोलन गर्नु परेको बताउँदै सरकारले यो निर्णय फिर्ता नलिए आन्दोलनका कार्यक्रमहरु बढाउँदै जाने चेतावनी दिनुभयाे ।

स्थानिय विद्युतरोड चोकबाट शुरु गरिएको मसाल जुलुस सहितको प्रदर्शनमा सहभागि प्रदर्शनकारीहरुले पेट्रोलियम पदार्थको मूल्य वृद्धि खारेज गर, नाफा घाटा जान्दानौ मूल्य वृद्धि मान्दैनौ, मुल्यबृद्धि फिर्ता गर, राप्रपा नेपाल जिन्दावाद लगाएतका नारा लगाएका थिए । विद्युतरोड चोकबाट शुरु भएको मसाल जुलुस सहितको प्रदर्शन काेहलपुर साझाचाेकसम्म पुगेर समापन गरिएको थियो ।

Previous articleब्राउन सुगरसहित नेपालगन्ज सीमाबाट दुई जना पक्राउ
Next articleएनएमएले जित्यो महिला क्रिकेटको उपाधि

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here