एनएमएले जित्यो महिला क्रिकेटको उपाधि

नेपालगन्ज । एनएमएले अन्तर स्कुल मेयर तथा उप–मेयर क्रिकेट प्रतियोगिता अन्तर्गत महिला तर्फको उपाधि जितेको छ ।

मंगलप्रसाद माविको मैदानमा एनएमएले होलिल्यान्डलाई १ विकेटले हरायो ।

टस जितेर ब्याटिङ गरेको होलिल्यान्डले १६.३ ओभरमा अलआउट हुँदा ९५ रन बनाएको थियो । होलिल्यान्डका कुनै पनि खेलाडीले दोहोरो अंक जोडन सकेनन ।

एनएमएका अन्जली चौधरीले सर्वाधिक ४ विकेट र चमेली चौधरीले ३ विकेट लिइन । जवाफमा एनएमले १७ ओभर २ बलमा जित हासिल गरेको थियो ।

ओभरमा जित हासिल गरेको थियो । खेलमा वुमन अफ द फाइनल अन्जली चौधरीले सर्वाधिक ३८ रन, शोभा शाही र पबित्रा चन्दले समान ९ विकेट लिए ।

होलिल्यान्डका लागि मनिषा रानाले ३ विकेट दिक्षा पुरी र स्वतिका बजगाईले २–२ विकेट लिए ।यसैगरी पुरुष तर्फको खेलमा बुधबार आर्दश स्कुलले जित हासिल गर्दै सेमिफाइनलमा पुगेको छ ।

आर्दशले कोहलपुर क्रिकेट मैदानमा मोर्डन स्कुललाई ३ विकेटले हरायो । टस जितेर ब्याटिङ गरेको मोर्डनले १२.४ ओभरमा ६२ रन बनाएर अलआउट भयो ।

मोर्डनका हिक्मत साउदले ११ रन, बिपिन खनालले ९ रन बनाए । म्यान अफ द म्याच आर्दशका रोहित सुनारले सर्वाधिक ५ विकेट लिए ।

उनले ४ ओभरमा १० रनमात्र खर्चेका थिए । नितेश न्यौपानेले २ विकेट हासिल गरे ।

जवाफमा आर्दशले १२.२ ओभरमा ७ विकेटको नोक्सानीमा जित हासिल गरेको थियो ।

आर्दशका अबिन थापाले ११ रन, दिपेश मगरले १३ रन बनाए । मोर्डनका बिपिन खनाल र निरपा शाहीले समान २ विकेट लिए ।

Previous articleपेट्रोलियम पदार्थको मुल्यबृद्धिकाे विराेधमा काेहलपुरमा राके जुलुस
Next articleनेपालगञ्जमा यस्तो बन्दैछ नगर भावन

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here