
ठाकुरबाबा । बर्दियाको ठाकुरबाबा नगरपाािलकामा शिक्षकहरुका लागि ५ दिने वृहत यौनिकता शिक्षा सम्बन्धि तालिम आयोजना गरिएको छ ।
बर्दियाको गेरुवा गाँउपालिका, ठाकुरबाबा, बारबार्दिया र मधुवन नगरपालिकामा किशोर किशोरी यौन तथा प्रजनन स्वास्थ्य अधिकार परियोजना लागु भएका ११ बिद्यालयका १६ जना शिक्षकहरु तालिममा सहभागी छन ।
गेरुवा ग्रामीण जागरण संघ, बर्दियाको आयोजना तथा प्लान इन्टरनेशनल नेपालको आर्थिक सहयोगमा किशोर किशोरीमैत्री वातावरण सिर्जना गरी उमेर अनुकुलको बुहत यौनिकता शिक्षाको कक्षा सहजीकरण गर्न सक्षम हुने तालिमको उद्धेश्य रहेको प्लान इन्टरनेशनल नेपालका कार्यक्रम बिशेषज्ञ बिनय ज्ञवालीले बताउनुभयो ।
तालिमको सहजिकरण प्लान इन्टरनेशनल नेपालका प्राबिधिक सल्लाहकार निराजन खडका र कार्यक्रम बिशेषज्ञ प्रसुन राइले गर्दै हुनुहुन्छ ।
तालिमले शिक्षकहरुमा यौनिक शिक्षाको बिषयमा सकारात्मक बुझाई भई बिद्यालयमा बिद्यार्थीहरुलाई खुलेर अध्ययन गराउन सक्ने बिश्वास लिएको आयोजक गेरुवाका कार्यक्रम संयोजक रामरुप कौशलले बताउनुभयो ।





