उर्दू साहित्यकारद्धारा गजल वाचन

नेपालगन्ज । गुल्जार–ए–अदब बाँकेद्वारा आयोजित मासिक गजल गोष्ठीमा उर्दू साहित्यकारले शनिवार गजल वाचन गरेका छन् ।

नेपालगन्ज उप–महानगरपालिका वार्ड नं.–८ स्थित महेन्द्र पुस्तकालयमा आयोजित गोष्ठीमा उर्दू साहित्यकारहरुले गजल वाचन गरेका हुन ।

गुल्जार–ए–अदब बाँकेका अध्यक्ष हाजी अब्दुल लतीफ शौकको अध्यक्षतामा उर्दू साहित्यकार तथा सचिव मोहम्मद मुस्तफा अहसन कुरैशीद्वारा सञ्चालित गजल गोष्ठी कार्यक्रममा गुल्जार–ए–अदब बाँकेका अध्यक्ष हाजी अब्दुल लतीफ शौक, सैय्यद असफाक रसूल हाशमी (सैय्यद नेपाली), सचिव मोहम्मद मुस्तफा अहसन कुरैशी, मेराज अहमद (हिमालय), अव्दुल हमीद सिद्दीकी (भोला), इस्माइल अन्सारी, आदिल सर्वर नेपाली, जमील अहमद हाशमी, मोहम्मद उमर, सदाब नेपाली, समीर अली शेष, लगायतले “अजीब शख्स है पानी के घर में रहता हैै” मिसर–ए–तरहमा साहित्यकारहरुले आ–आफना गजल वाचन गर्नुभयो ।

यस्तै पंकज कुमार श्रेष्ठले नेपालीमा आफनो कविता वाचन गर्नुभएको सचिव मोहम्मद मुस्तफा अहसन कुरैशीले बताउनुभयो । गोष्ठीमा शाद हुसैन र उमेर अहमद सादिक लगायतको सहभागिता रहेको थियो । यसरी गुल्जार–ए–अदब बाँकेद्वारा मासिक गजल गोष्ठी हरेक महिनाको अन्तिम शनिवारका दिन गरिने गरिन्छ ।

Previous articleबर्दियामा वृहत यौनिकता शिक्षा सम्बन्धि ५ दिने तालिम संचालन
Next articleनेपाल युवा संस्था सञ्जालको लुम्बिनी प्रादेशिक उपाध्यक्षमा आशिष बर्मा निर्वाचित

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here