जिल्लाको सरसफाई अवस्था बारे छलफल, पानी दिवस मनाइने

नेपालगञ्ज । जिल्लाको सरसफाईको अवस्थाका बारेमा सरोकारवालासंग छलफल गरिएको छ ।

जिल्ला समन्वय समिति बाँकेको संयोजक अजय कुमार श्रीवास्तवको अध्यक्षतामा सरोकारवालाबीच बैठक बसी सरसफाईको अवस्थाबारे छलफल गरिएको हो ।

छलफलमा नेपाल सरकारको वास एस डिजीको लक्ष्यका बारेमा छलफल गरिएको थियो भने बाँके जिल्लालाई खुल्ला दिसामुक्त जिल्ला घोषणा पश्चात भएको हालसम्मको क्रियाकलाप र अवस्थाका बारेमा छलफल गर्दै खानेपानी, सरसफाई तथा स्वच्छता सम्बन्धिको कार्यक्रमहरुको समिक्षा गरिएको छ ।

यस्तै बैठकले पानी दिवस २०७८ मनाउने निर्णय गरेको छ । यही चैत्र ८ गतेका दिन परेको पानी दिवसको अवसरमा सबै स्थानीय तहहरुमा कार्यक्रम गरेर मनाउने निर्णय गरिएको छ ।

चैत्र ८ गते परेको पानी दिवसको नारा भूजल, अदृश्यलाई दृश्यात्मक बनाउने रहेको छ । बैठकमा राप्ती सोनारी गाउँपालिका अध्यक्ष लाहुराम थारु, उपाध्यक्ष धनि कुमारी खत्री, शिक्षा बिकास तथा समन्वय इकाई प्रमुख राम सुरेश यादव, जिल्ला समन्वय समिति बाँकेका समन्वय अधिकारी लोक बहादुर सुनार, एस एन भि नेपालका सिटि अफिसर सुरज राजभण्डारी, गेरवा ग्रामीण जागरण संघ बर्दिया नेपालगञ्जका कार्यक्रम संयोजक गफ्फार अहिल बेहना लगायतको उपस्थिति रहेको थियो ।

Previous articleमानव मलमुत्र व्यवस्थापन नियमावली र शहरी सरसफाई योजना अनुमोदन गर्ने तयारी
Next articleमाओवादीप्रतिको बिश्वासले निर्वाचनमा उत्कृष्ठ नतिजा आउनेछ : प्रदेश सदस्य शर्मा

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here