माओवादीप्रतिको बिश्वासले निर्वाचनमा उत्कृष्ठ नतिजा आउनेछ : प्रदेश सदस्य शर्मा

ताहिर शेष राई (साहिल)
नेपालगन्ज । आदिवासी जनजाती संयुक्त मोर्चा नेपालको प्रथम नगर भेला सोमबार नेपालगन्जमा सम्पन्न भएको छ ।

सम्पूर्ण उत्पीडित आदिवासी जनजातीहरू एक होऔं भन्ने मुल नाराका साथ नेकपा माओवादी केन्द्रको भातृ संगठन आदिवासी जनजाती संयुक्त मोर्चा नेपालको प्रथम नगर भेला नेपालगन्जमा सम्पन्न भएको हो ।

आदिवासी जनजाती बिभाग नेकपा माओवादी केन्द्र नेपालगन्ज कमिटीले आयोजना गरेको प्रथम नगर भेलाको प्रमुख अतिथि नेकपा माओवादीका केन्द्रिय सदस्य तथा संविधान सभा सदस्य अन्जना चौधरी, बिशिस्ट अतिथि लुम्बिनी प्रदेश सदस्य नवीन शर्मा, नेकपा माओवादी नेपालगन्ज नगर अध्यक्ष रतन शाही, उपाध्यक्ष बसन्त मल्ल, तारा खत्री, सचिव प्रेमबहादुर शाह, सह सचिव नन्दलाल वैश्य, कोषाध्यक्ष कस्मिरा खातुन लगायतको उपस्थिति रहेको थियो ।

प्रथम नगर भेलालाई सम्बोधन गर्दै लुम्बिनी प्रदेश सदस्य शर्माले भन्नुभयो, समृद्धिको लागि माओवादी पार्टीको यो अभियान यात्राले महत्त्वपूर्ण भुमिका खेलिनेछ ।माओवादीप्रतिको जनताको बिश्वासले गर्दा दुई महिनापछि हुन गइरहेको निर्वाचनमा माओवादी पार्टी उत्कृष्ट नतीजा ल्याएर जनताको लागि महत्त्वपूर्ण भुमिका खेल्ने उहाँले बताउनुभयो ।

त्यस्तै नगर सह सचीव नन्दलाल बैश्यले भन्नूभयो, सबै पिलर बलियो भए मात्र घर बलियो हुन्छ, यदि पिलर नै बलियो छैन भने घरको छ्त जतिसुकै बलियो भएपनि त्यसको कुनै औचित्य हुँदैन ।

उहाँले भन्नूभयो, अहिलेको पीडा भनेको जति मोर्चाहरू छ्न चाँहे त्यो मधेसी, दलित जनजाती, महिला, मुस्लिम अधिकार लगायतको जतिनै मोर्चाहरू छ्न, यिनै पिडामा नेकपा माओवादी पार्टीको भविष्य छ यिनै पिडामा टेकेर माओवादी पार्टी अगाडि बढ्छ ।

यसैगरी नगर कोषाध्यक्ष कस्मिरा खातुनले भन्नूभयो, सबै भातृ संगठनहरू नेकपा माओवादी पार्टीको अंग हुन, हाम्रो अंग बलियो भयो भने हाम्रो पार्टी बलियो हुन्छ, त्यसैले हामी सबै एकजुट भई इमानदारीका साथ लागि पार्टीलाई उचाईमा लैजानुपर्छ ।

आदिवासी जनजाती संयुक्त मोर्चाको प्रथम नगर भेलामा दुई सयभन्दा बढीको उपस्थिती रहेको थियो । नगर भेला गोपाल पुनको अध्यक्षतामा सम्पन्न भएको हो ।

Previous articleजिल्लाको सरसफाई अवस्था बारे छलफल, पानी दिवस मनाइने
Next articleनेपालगञ्जमा बिद्यालयका लागि डिजिटल बास तालिम संचालन गरिने

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here