नेपालगञ्जमा बिद्यालयका लागि डिजिटल बास तालिम संचालन गरिने

नेपालगञ्ज । खानेपानी तथा सरसफाई स्वच्छता सम्बन्धी नेपालगञ्जका बिद्यालयहरुका लागि डिजिटल बास तालिम संचालन हुने भएको छ ।

नेपालगञ्जमा बसेको शैक्षिक क्षेत्रका व्यक्तिहरुसंगको छलफलबाट बिद्यालयहरुको क्षमता बृद्धिका लागि डिजिटल वास तालिम संचालन गर्ने निर्णय गरिएको छ । स्वच्छता प्रवद्र्धन गर्ने उद्देश्यले नेपालगञ्ज उपमहानगरपालिकाको समन्वयमा नेपालगञ्जमा स्वास्थ्य र बिकासका लागि नगर सरसफाई तथा स्वच्छता परियोजना संचालनमा रहेको छ ।

एस एन भि नेपालको आर्थिक सहयोगमा गेरुवा ग्रामीण जागरण संघ बर्दिया, नेपालगञ्जद्धारा संचालित परियोजनाको सहयोगमा उक्त तालिम संचालन गर्ने सरोकारवालाहरुले निर्णय गरेको परियोजना संयोजक गफ्फार अलि बेहना शेषले जानकारी दिनुभयो ।बिद्यालय व्यवस्थापन समिति, शिक्षक अभिभावक संघ, प्रधानाध्यापक र शिक्षकहरुबीच गरिएको छलफलमा बिद्यालयमा कसरी स्वच्छता र सरसफाईलाई कार्यान्वयन गर्न सकिने बिषयमा छलफल गरिएको थियो ।

नेपालगञ्ज उपमहानगरपालिका शिक्षा शाखा प्रमुख गोरख बहादुर थापाको अध्यक्षतामा बसेको बैठकले बिद्यालयलाई सरसफाईमा अगाडी बढाउने सहमति भएको छ ।

छलफलमा एस एन भि नेपालका सिटि अफिसर सुरज राजभण्डारीले बिद्यालय सरसफाईका लागि आवश्यक न्यूनतम मापदण्ड तथा आवश्यकताबारेमा जानकारी गराउनुभएको थियो ।

Previous articleमाओवादीप्रतिको बिश्वासले निर्वाचनमा उत्कृष्ठ नतिजा आउनेछ : प्रदेश सदस्य शर्मा
Next articleआँखामा खुर्सानीको धुलो हालेर सुन र नगद लुटपाट, चोर दाङबाट पक्राउ

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here