बम बिस्फोट घट्नामा संलग्न राढ ८ वर्षपछि पक्राउ

बाँके । जिल्लामा भएको तीन वटा बम बिस्फोट घट्नाका आरोपी पक्राउ परेका छन् ।

भुमि सुधार कार्यालय, मालपोत कार्यालय र गनापुरस्थित एक उद्योगमा बम बिस्फोट घट्नामा फरार प्रतिवादी डुडुवा गाउँपालिका वडा नं-६ बस्ने केशव राढलाई बाँके प्रहरीले सोमबार पक्राउ गरेको हो ।

जिल्ला प्रहरी कार्यालय बाँकेको अनुसार राढ बिगतमा सशस्त्र भुमिगत समुह तराई जनतान्त्रीक मुक्ति मोर्चा (ज्वाला सिंह) मा आवद्ध रही बाँके जिल्लामा हत्या, अपहरण, बम विष्फोट तथा फिरौती रकम माग गर्ने जस्ता विभिन्न अपराधमा संलग्न छन् ।

प्रतिबादी राढमाथि २०६८/१२/०६ गते साविक गनापुर–९ स्थित प्रकाश अधिकारीको फ्याँक्ट्री, २०६८/०८/१४ गते भुमीसुधार कार्यालय बाँके र २०६८/०८/१४ गते मालपोत कार्यालय बाँकेमा बम विष्फोट गराएको घट्नमा संलग्न भएको मुद्दामा अदालतबाट तीन वटै घट्नामा ६/६ महिना कैद र पाँच/पाँच हजार जरिवाना तोकिएको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रवक्ता सुवास खड्काले जानकारी दिनुभयो ।

Previous articleयोग गर्ने बानी बसाली स्वस्थ बनौ : जेसीजको एक महिने योगा कार्यक्रम
Next articleबाँकेमा जारी निषेधाज्ञा ४ दिन थपियो

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here