क्यान्सर अस्पताल विकास समितिको बैठक : हाइमास्ट जडानदेखि ७५ प्रतिशत छुट दिने निर्णय

नेपालगञ्ज । शुशील कोइराला प्रखर क्यान्सर अस्पतालको अस्पताल विकास समितिले अस्पताल परिसरभित्र हाइमास्ट लाइट जडान गर्ने लगायतका निर्णय गरेको छ ।

अस्पताल विकास समितिको मंगलबार बसेको बैठकले अस्पताल हातामा हाइमास्ट लाइट जडान गर्ने, भवन निर्माणका लागि माग गर्ने, एम आर आई मेसिन खरिद गर्ने जस्ता निर्णय गरेको हो ।

यस्तै बैठकले अस्पतालको संस्थापक सदस्यहरुलाई ७५ प्रतिशत र साधारण तथा आजिवन सदस्यहरुलाई ५० प्रतिशत छुटमा उपचार सेवा प्रदान गर्ने निर्णय गरेको क्यान्सर अस्पताल विकास समितिका अध्यक्ष किशोर थापाले बताउनुभयो ।

‘खजुरा क्यान्सर अस्पताल निर्माणको सुरुवातदेखि नै आर्थिक तथा अन्न दान गरी निर्माण र हालसम्मको अवस्थामा ल्याउन संस्थापक सदस्यहरु तथा साधारण र आजिवन सदस्यहरुको योगदानलाई कदर गर्दै हामीले यो निर्णय गरेका हौं,’ अध्यक्ष थापाले भन्नुभयो ।

यसैगरी अस्पतालले सेवाबाट लिने शुल्क परिमार्जन समेत गर्ने भएको छ । हालसम्म दिँदै आएको सेवा शुल्कमा केही फेरबदल गर्नुपर्ने आवश्यकता देखिएकोले शुल्क परिमार्जन गर्ने तयारी गरेको जनाएको छ । त्यसका लागि अस्पतालले ५ सदस्यीय समिति समेत निर्माण गरेको छ ।

यसअघि अस्पताल विकास समितिले पहिलो बैठकले खजुरा गाउँपालिकामा स्थायी बसोबास गर्ने नागरिकका लागि ओपिडी सेवा निःशुल्क गर्ने निर्णय गरेको छ । अस्पतालको ३५ जना संस्थापक सदस्यहरु रहेका छन् ।

Previous articleउपभोक्ता अधिकारको क्षेत्रमा योगदान पुर्याएका तीन जना सम्मानित
Next articleअवधी कला, संस्कृति र भाषाको संरक्षणका लागि लाग्नुपर्नेमा जोड

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here