अवधी कला, संस्कृति र भाषाको संरक्षणका लागि लाग्नुपर्नेमा जोड

नेपालगञ्ज । मधेश मिडिया नेपाल बाँके शाखाले अवधी पत्रकारिता दिवसको अवसरमा अन्तरक्रिया एंव होली पर्वको शुभकामना आदान प्रदान कार्यक्रम गरेको छ ।

मिडिया बाँके शाखा अध्यक्ष चन्दे्रश्वरराज त्रिपाठीको अध्यक्षमा मंंगलबार नेपालगञ्ज ४ स्थित अवधी पत्रकार संघ बाँकेको भवन निर्माणस्थल नजिकै रहेको शिवपावर्ती मन्दिर परिसमार अन्तरक्रिया एव शुभकामना आदान प्रदान गरिएको हो ।

कार्यक्रममा अवधी भाषी, अवधी पत्रकार, कला संस्कृतिको संरुक्षण, योगदानको अवस्था, अवधी क्षेत्रको अवस्थाका बारेमा गहन छलफल गरिएको छ । अवधी क्षेत्रको कला संस्कृतिको संरक्षणमा आवश्यक पहल हुन नसकेको भन्दै यसको सम्बद्र्धनमा जोड दिइएको छ ।कार्यक्रममा बोल्ने वक्ताहरुले अवधी भाषाको प्रयोग पनि खुलेर हुन नसकेको भन्दै आफैबाट यसको शुरुवात गर्न सकिए मात्रै थप कुराहरुको सुधारका लागि पहल हुने धारणा राखेका थिए ।

कार्यक्रममा पुर्व मन्त्री सर्वदेव ओझा, नेपाल टेलिभिजन कोहलपुरका प्रमुख बिजय बर्मा, नेपाल पत्रकार महासंघ बाँकेका सचिव कमल डांगी, अवधी पत्रकार संघका संस्थापक अध्यक्ष सूर्यलाल यादव, मधेश मिडिया नेपालका सल्लाहकार अजय गुप्ताले बोल्नुभएको थियो । सचिव शंध्या शर्माले संचालन गर्नुभएको कार्यक्रमको समानपछि अबिर लगाई होली पर्व समेत मनाइएको थियो ।

Previous articleक्यान्सर अस्पताल विकास समितिको बैठक : हाइमास्ट जडानदेखि ७५ प्रतिशत छुट दिने निर्णय
Next articleक्यान्सर अस्पताल बिकास समितिको प्रवक्तामा यादव

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here