क्यान्सर अस्पताल बिकास समितिको प्रवक्तामा यादव

नेपालगञ्ज । सुशील कोइराला प्रखर क्यान्सर अस्पताल बिकास समिति खजुराको प्रवक्तामा सूर्यलाल यादवलाई चयन गरिएको छ ।

क्यान्सर अस्पताल बिकास समितिको मंगलबार बसेको बैठकले समितिका सदस्य यादवलाई अस्पताल समिति प्रवक्ताको जिम्मेवारी दिने निर्णय गरेको छ ।

समितिका अध्यक्ष किशोर थापाको अध्यक्षमा बसेको बैठकले अस्पतालको संचालनलाई व्यवस्थापन गर्ने उद्देश्यसहित बिभिन्न निर्णय गरेको हो ।

बैठकले अस्पतालमा आउने बिरामीलाई सुलभ सेवा प्रदान गर्न एम आर आई गरिद गर्ने, थप भवन निर्माणका लागि माग गर्ने, सदस्यहरुलाई सेवा शुल्कमा सुबिधा प्रदान गर्ने, अस्पताल परिसरमा हाईमास्ट लाईट जडान गर्ने जस्ता निर्णय गरेको प्रवक्ता यादवले जानकारी दिनुभयो ।

यादवका अनुसार अस्पताल थुप्रै कुराहरुमा व्यवस्थापन गर्ने र नयाँ ट्रेण्डहरुहरु शुरु गर्न चाहिररहेको छ । पश्चिम नेपालकै क्यान्सर बिरामीहरुका लागि नयाँ गन्तव्य यो अस्पताल बनेको छ ।

Previous articleअवधी कला, संस्कृति र भाषाको संरक्षणका लागि लाग्नुपर्नेमा जोड
Next articleपोल्याण्डकी क्यारोलिना बनिन् मिस वर्ल्ड, नेपाल सुन्दरी नम्रता टप ३० मा सिमित

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here