बाँकेमा जारी निषेधाज्ञा ४ दिन थपियो

बाँके । बाँकेमा गत शनिबार रातीदेखि जारी गरिएकाे निषेधाज्ञा थप ४ दिन बढाईएकाे छ ।

मंगलबार बसेकाे जिल्लास्तरिय काेभिड-१९ संकट व्यवस्थापन केन्द्र बाँकेको बैठकले तीन दिने निषेधाज्ञा थप बढाएर लैजाने निर्णय गरेकाे हाे ।

समुदाय स्तरमै कोरोना पोजिटिभ केस बडदै गएकोले मंगलबार बसेकाे बैठकमा आइतबारदेखि जारी निषेधाज्ञा आउने शनिबार राती १२ सम्म जारी रहने निर्णय भएको बाँकेका प्रमुख जिल्ला अधिकारी राम बहादुर कुरूम्वाङले जानकारी दिनुभयाे ।

Previous articleबम बिस्फोट घट्नामा संलग्न राढ ८ वर्षपछि पक्राउ
Next articleहाेटेल ह्वाईट हाउसलाई आईशाेलेशन सेन्टर बनाईदै

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here