उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष आचार्यको निधन

नेपालगञ्ज । नेपालगञ्ज उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष दामोदर आचार्यको निधन भएको छ । लामो समयदेखि क्यान्सर रोगसंग ग्रसित रहनुभएका आचार्यको शनिबार बिहान निधन भएको हो ।

आचार्यको शनिबार भेरी अस्पताल नेपालगञ्जमा बिहान करिब ९ बजे निधन भएको नेपालगञ्ज उद्योग वाणिज्य संघका महासचिव चिरन्जिवी ओलीले जानकारी दिनुभयो ।

आचार्य बिगत ३ वर्षदेखि बिरामी पर्नुभएको थियो । यो क्रममा लामो समयसम्म भारतको दिल्ली शहरमा उपचार समेत गराउनुभएको थियो । शुक्रबार होलीको दिन साँझ पुन ः अस्वस्थ भएपछि उहाँलाई भेरीमा भर्ना गरिएको थियो ।

उद्योग वाणिज्य महासंघका पूर्व केन्द्रीय सदस्य समेत रहनुभएका आचार्य नेपालगञ्जको मेयर पदका लागि समेत निर्वाचनमा होमिनुभएको थियो ।

अन्तिम श्रद्धान्लीका लागि उहाँको पार्थिव शरिरलाई २ बजेसम्म उहाँको निवास न्युरोड नेपालगन्जमा राखिने र २ बजेपछि नेपालगन्ज उद्योग बाणिज्य संघको भवनको अगाडि शोक सभा गरि सिधनियाघाटमा अन्तिम संस्कार गरिने जनाइएको छ ।

Previous articleलैंङ्गिक मैत्री शौचालय हस्तान्तरण
Next articleघरदैलोमार्फत भ्याक्सिन लगाउन सुझाव दिइदै

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here