हाेटेल ह्वाईट हाउसलाई आईशाेलेशन सेन्टर बनाईदै

बाँके । काेराेना संक्रमितहरूकाे संख्या बढ्दै गएपछि मनिकापुरस्थित ह्वाईट हाउस हाेटेललाई आईशालेशन सेन्टर बनाईने भएकाे छ ।

जिल्ला प्रशासन बाँकेमा मंगलबार बसेकाे जिल्लास्तरिय काेभिड-१९ संकट व्यवस्थापन केन्द्रकाे बैठकले काेराेना संक्रमितकाे संख्या बढ्दै गएकाले थप आईशाेलेशन सेन्टरकाे आवश्यक्ता अनुसार साे हाेटेललाई सेन्टर बनाउने निर्णय गरेकाे हाे ।

थप एक आईशाेलेशन सेन्टरकाे आवश्यक्ता भएकाले ह्वाईट हाउसमा संक्रमितहरूलाई व्यवस्थापन गर्ने निर्णय भएकाे प्रमुख जिल्ला अधिकारी राम बहादुर कुरूम्वाङले जानकारी दिनुभयाे ।

पछिल्लो समय बाँकेमा दैनिकजसाे काेराेना संक्रमित फेला परिरहेका छन् । जसमा समुदायका व्यक्ति तथा सरकारी कार्यालयका कर्मचारी बढि छन् ।

बिगतमा बनाईएका आईशाेलेशन सेन्टर बन्द गरिएकाले अहिले फेला परिरहेका संक्रमितकाे व्यवस्थापन गर्न गाह्राे भएकाे छ । गत पाँच दिनमा मात्रै बाँकेमा ६२ जना संक्रमित थपिएका छन् ।

Previous articleबाँकेमा जारी निषेधाज्ञा ४ दिन थपियो
Next articleजिल्ला कारागार नेपालगन्जका १३ सहित १४ जनामा काेराेना पुष्टि

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here