नेपालगञ्जमा दीगो विकास लक्ष्यको स्थानीयकरण

नेपालगञ्ज । नेपालगञ्ज उपमहानगरपालिकाले दीगो विकास लक्ष्य अन्तर्गतका १७ सूचकलाई स्थानीयकरणको प्रयास थालेको छ । दीगो विकाको लक्ष्यको स्थानीयकरणका लागि उपमहानगरपालिकाले कर्मचारीहरुको टोली बनाएर प्राप्त तथ्यांकका आधारमा एउटा निचोड निकालेको छ ।

जिआईजेड÷सिडिएसजीको सहयोगमा भईरहेको कार्यक्रम अन्तर्गत मंगलबार दीगो विकास लक्ष्यको स्थानीयकरणमा भएका प्रयासहरुको पुनरावलोकनसहित आगामी कार्यदिशा सम्बन्धमा अन्तरक्रिया गरिएको छ ।

कार्यक्रममा उपमहानगरपालिकाका सबै विषयगत समितिका तर्फबाट हालको अवस्था र सन २०२५ तथा सन २०३० सम्म प्राप्त गर्न सकिने उपलब्धीको विषयमा प्रस्तुतीकरण भएको थियो ।कार्यक्रममा कार्यबाहक नगर प्रमुख उमा थापा मगरले अहिलेसम्म तथ्यांकको अभावमा अन्यौलताकाबीचमा काम गर्नुपरेको भन्दै अहिले नगरमा धेरै सुधार भएको बताउनुभयो । उहाँले दीगो विकास लक्ष्यको स्थानीयकरण नगरको संस्थागत सम्पत्ति भएको पनि बताउनुभयो । उहाँले प्राप्त सुझावलाई कार्यान्वयनमा लैजान सबैको साथ र सहयोग आवश्यक भएको बताउनुभयो ।

प्रमुख प्रशासकीय अधिकृत जगत बस्नेतले दीगो विकास लक्ष्यको स्थानीयकरण लामो चरणपछि प्राप्त भएको भन्दै यसको कार्यान्वयनका लागि कर्मचारी तहबाट साथ सहयोग रहने बताउनुभयो ।

कार्यक्रमको सहजिकरण गर्दै अरुण रेग्मी र निराजन सुवेदीले यसबाट आगामी ५ बर्षका लागि राम्रो आधार तय भएको बताउनुभयो । प्रदेश प्रशिक्षण प्रतिष्ठानका कार्यकारी निर्देशक गुरुप्रसाद सुवेदीले आम जनताले परिवर्तनको अनुभुती पाउने गरि काम गर्नुपर्ने सुझाव दिनुभयो ।

नेपालगञ्ज उपमहानगरपालिकाले १७ सूचक मध्ये लैंकि समानता हासिल गर्ने तथा सबै महिला, किशोरी तथा बालिकालाई सशक्त बनाउने, सहरहरु एवम मानव वस्तीहरुलाई समावेशी, सुरक्षितउत्थानशिल र दिगो बनाउने, समावेशी तथा न्यायोचित र गुणात्मक शिक्षा सुनिश्चित गर्दै सबैका लागि जीवन प्रयत्न सिकाईका अवसरहरु प्रवद्र्धन गर्ने, स्थिर समावेशी र दिगो आर्थिक विृद्धि पूर्ण ता उत्पादनशल रोजगारी र मर्यादित कामलाई प्रवद्र्धन गर्ने सूचकहरुलाई प्राथमिकतामा राखेको छ ।

Previous articleनेपालगञ्जमा सुनचाँदी व्यवसाय फस्टाउँदो क्रममा : पूर्व मन्त्री राई
Next articleग्रीन सिटीको पाइलट प्रोजेक्ट : किसानलाई तालिम शुरु

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here