माबि जोगागाउँको बि.व्य.स.पदाधिकारीद्धारा शपथ तथा पदभार ग्रहरण

साहिल शेष
नेपालगन्ज । बाँकेको जानकी गाउँपालिका वडा नं २ स्थित श्री माध्यमिक बिद्यालय जोगागाउँको बिद्यालय व्यवस्थापन समितिका नवनिर्वाचित पदाधिकारीहरूले शपथ ग्रहण तथा पदभार ग्रहण गरेका छन् ।

विद्यालय व्यवस्थापन समितिमा निर्वाचित पदाधिकारीले बिहीबार एक कार्यक्रमकाबीच शपथ ग्रहण तथा पदभार ग्रहण गरेका हुन् । नवनिर्वाचित अध्यक्ष रज्जब अली हलवाईलाई विद्यालयका प्रधानाध्यापक मोहम्मद आलमीन राईले सपथ खुवाउनुभएको हो ।बिद्यालयको अध्यक्ष पदमा पुनः नवनिर्वाचित अध्यक्ष हलवाईले अन्य पदाधिकारी तथा सदस्यहरूलाई सपथ खुवाउनुभयो । सपथ ग्रहणपछि नवनिर्वाचित पदाधिकारीहरुले विद्यालयमा पदभार समेत सम्हालेका विद्यालय प्रशासनले जनाएको छ ।

सपथ ग्रहण कार्यक्रममा बोल्दै विद्यालय व्यवस्थापन समितिको नवनियुक्त अध्यक्ष हलवाईले तोकिएको जिम्मेवारी इमान्दारी र निष्ठापूर्वक सम्पादन गर्ने प्रतिबद्धता जनाउनुभयो ।

वडाअध्यक्ष चन्द्रीकाप्रसाद गुप्ताको बिशेष उपस्थितिमा, नवनिर्वाचित सदस्यहरु रामबरन वर्मा, नक्छेद धोबी, महिला सदस्य बिन्दु रैदास, गंगा गोडिया र लज्जावती काँदु र शिक्षक प्रतिनिधि निरजकुमार मिश्राले शपथ ग्रहण गर्नुभएको थियो । शपथ ग्रहण लगत्तै नवनिर्वाचित पदाधिकारीहरूलाई विद्यालयका शिक्षकहरुले स्वागत गरेका थिए ।कार्यक्रममा शिक्षक अभिभावक संघका अध्यक्ष रामबहादुर रैदास, सदस्य तिर्थराम कुर्मी, शिक्षक अभिभावक संघकी महिला सदस्य शमसुला बागवान, जलवर्षी काँदु, वडा प्रतिनिधि अम्बर बहादुर मगर, अभिभावक रानीदेवी काँदु, शिक्षकहरु जितबहादुर वर्मा, मिना नाथ, हनिफ जोलाह, र कृष्णा अचार्य लगायतको उपस्थिति रहेको थियो ।

Previous articleब्राउन सुगरसहित तीन जना पक्राउ
Next articleउद्यम बिकास तालिममार्फत युवाहरुलाई प्रेरित गरिदै

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here