अव्यवस्थित उपमहानगरपालिकाको कन्ट्याक्ट ट्रेसिङ

बाँके । कन्ट्याक्ट ट्रेसिङमा परेका सबैलाई दिउँसो १ बजे बोलाइयो । तर स्वाब संकलन शुरु भयो साँझ सवा पाँच बजे । स्वाब संकलन कार्य किन ढिला भयो भन्दा संकलनमा प्रयोग गरिने बिभिटिएमका लागि फर्खिएको थियो ।
उता कार्यालयमा मान्छेको उपस्थिति खचाखच भइसकेको थियो । ट्रेसिङमा परेकाको उपस्थिति थियो र नपरेकाहरुको पनि उपस्थिति थियो । न त त्यहाँ कुनै प्रकारको सामाजिक दुरी कायम थियो नत मानिसहरुलाई कोरोनाको डर नै देखिन्थ्यो ।
यो दृश्य कही अरु कतैको नभएर नेपालगञ्ज उपमहानरपालिका कार्यालय भित्र मंगलबारको दृश्य हाे । जहाँका कर्मचारी र जनप्रतिनिधि गरि आठ जना बढिलाई कोरोना संक्रमण भेटिएको छ ।
र मंगलबार त्यहाँ कोरोना संक्रमण देखिएका व्यक्तिहरुको कन्ट्याक्ट ट्रेसिङमा परेका व्यक्तिहरुको उपस्थिति रहेको थियो । तर सामाजिक दुरी र स्वाब संकलन कार्यलाई सहज बनाउन नसक्दा सबै लथालिङ्ग थियो ।
जसले सर्वसाधारण्लाई यस रोगबाट यसरी बच्नुपर्छ भन्ने कुरा सिकाउँछ त्यही कार्यालयमा लथालिङ्ग हुनुले सायद आम सर्वसाधारणमा कस्तो सूचना जान्छ भन्ने कुरालाई कसैले ख्याल गरेन । मानौ त्यो कुरालाई मंगलबार यस कार्यालयमा वेवास्ता गरिएको थियो ।
बिगतमा भने नेपालगञ्ज क्वारेन्टिनमा होस या अन्य स्थानमा उपमहानगरपालिकाको नेतृत्वमा भएको स्वाब संकलन कार्य भने उत्कृष्ट भएको छ ।

फोन गर्दै बिचबिचमा स्वाब संकलन गराउँदै
स्वाब संकलन कार्यमा सोर्स फोर्स भइरहेको देखिएका कारण वास्तिविक जो कन्याक्ट ट्रेसिङमा परेका थिए, आफ्नो पालाे कुरेर बसेका थिए । किनकी बिचबिचमा टे«ेसिङका लागि तयार गरिएको नामावली विवरणमा नाम नभएका व्यक्तिहरुलाई पनि बिचबिचमा ल्याएर स्वाब संकलन गराइएको दृश्य देखिएको थियो ।
तयार गरेको नामावली पनि हरायो जसले गर्दा बिचबिचमा चिनेजानेका र फोन सम्पर्कबाट त्यहाँ पुग्ने ठुला बडाहरुको यो स्वाब संकलन गराइन्थ्यो । लथालिङ्गकै बिचमा यो कार्य हुँदा स्वाब संकलन गराउने भनेर जो वास्तविक ट्रेसिङमा परेका थिए उनीहरु पर्खेर आफ्नो पालो कुरिरहेका थिए । उपमहानरपालिका कार्यपालिका सदस्य मन्जु नेपालीले बिचबिचमा मान्छेहरुलाई घुसाएर स्वाब संकलन गरिएकाले बिरोध जनाउनुभयो ।
उहाँले संवाददातासंग भन्नुभयो, आफुहरुको नाम पनि लिष्टमा छ, तर पालो नै आएको छैन । बिचबिचमा आफ्ना मान्छेहरु ल्याएर स्वाब संकलन गराउँदा हामी बसेको बसे भइम ।
त्यस्तै वडा नं–९ का वडासदस्य रमेश तिमिल्सेनाले पनि स्वाब संकलन कार्य व्यवस्थित हुन नसकेको भन्दै असन्तुष्टि जनाउनुभयो । उहाँले भन्नुभयो, पालो अनुसार नामै आउँदैन, पर्खेर बसेका छौं ।
यस्तै एक जना वडा सचिवले आफुहरुलाई एक बजे कार्यालयमा बोलाइएको भएपनि अहिलेसम्म पालो नआएको प्रतिक्रिया दिनुभयो ।

२२० जनाको स्वाब संकलन
मंगलबार राती अबेरसम्म ट्रेसिङमा परेका २२० जनाको स्वाब संकलन गरिएको छ । स्वास्थ्य शाखा प्रमुख राम बहादुर चन्दले २०६ जनाको ट्रेसिङ गरिएको नामावली तयार गरिएको बताउनुभयो ।
शुरुमा स्वास्थ्य कार्यालयले भिटिएम पठाउँछ भनेर पर्खेका कारण जनप्रतिनिध तथा कर्मचारीलाई बोलाएको समयमा स्वाब संकलन शुरु नभएको जानकारी दिनुभयो ।
उहाँका अनुसार स्वास्थ्य कार्यालयले ८० वटा भिटिएम पठाएपछि र उपमहानगरपालिकाले स्वय १ सय बढि खरिद गरेपछि स्वाब सकंकन शुरु भएको थियो ।

Previous articleबाँकेका दुई प्रहरी कार्यालय सिल
Next articleनेपालगञ्जमा काेेेेेेेराेना जाँचका लागि प्रयाेग हुने किट अभाव

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here