नेपालगञ्जमा काेेेेेेेराेना जाँचका लागि प्रयाेग हुने किट अभाव

बाँके । बाँकेमा कोरोना परीक्षणका लागि स्वाब संकलन गर्दा प्रयोग हुने भिटिएम अभाव देखिएको छ । नेपालगञ्ज उपमहानगरपालिकाका स्वास्थ्य शाखा प्रमुख रामवहादुर चन्दले स्वास्थ्य कार्यालयबाट प्रर्याप्त मात्रामा भिटिएम प्राप्त नभएपछि उपमहानगरपालिका आफैले खरिद गरि स्वाब संकलन गरेको जानकारी दिनुभयो ।

उपमहानगरपालिकाले वडाध्यक्ष सहित आठ जना कर्मचारीको घरपरिवारका सदस्य र उनीहरुको सम्पर्कमा रहेका करिब दुई सय जनालाई स्वाब सङ्कलनका लागि मङ्गलबार कार्यालयमा बोलाएकोमा स्वास्थ्य कार्यालय बाँकेबाट ८० मात्रै भिटिएम उपलब्ध भएको थियो । उपमहानगरपालिकाले १२० किट भिटिएम आफैले खरिद गरि सङ्क्रमित ब्यक्तिका घर परिवारका सदस्य र उनीहरुको सम्पर्कका आएका ब्यक्तिहरुको स्वाब सङ्कलन गरिएको जनाएको छ । मंगलबार जनप्रतिनिधी, कर्मचारी र कोरोना संक्रमण देखिएका ब्यक्तिका घरपरिवारका सदस्य गरि १९८ जनाको स्वाब संकलन गरिएको छ ।

Previous articleअव्यवस्थित उपमहानगरपालिकाको कन्ट्याक्ट ट्रेसिङ
Next articleएक सय ५० वर्ष पुरानाे राम मन्दिरकाे पुननिर्माण कार्य शुरू

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here