बाँकेका दुई प्रहरी कार्यालय सिल

सांकेतिक तस्बिर

बाँके । जिल्लाका दुई प्रहरी कार्यालयमा कोरोना संक्रमण पुगेको पाइएपछि मंगलबारदेखि कार्यालय नै सिल गरिएको छ ।

वडा प्रहरी कार्यालय नेपालगन्जका ६ जना प्रहरी तथा इलाका प्रहरी कार्यालय कोहलपुरमा रहेका एक थुनुवामा कोरोना संक्रमण पुष्टि भएपछि दुई वटै कार्यालय सिल गरिएको हो ।

वडा प्रहरी कार्यालयका ७ जनाको कोरोना जाँच गर्दा ६ जनामा संक्रमण पुष्टि भएपछि मंगलबार साँझदेखि कार्यालय शिल गरिएको हो भने कोहलपुर प्रहरी चौकी मंगलबार बिहानदेखि नै सिल गरिएको छ ।

Previous articleजिल्ला कारागार नेपालगन्जका १३ सहित १४ जनामा काेराेना पुष्टि
Next articleअव्यवस्थित उपमहानगरपालिकाको कन्ट्याक्ट ट्रेसिङ

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here