
नेपालगञ्ज । नेपालगञ्जमा भब्य होली मिलन समारोह २०७८ कार्यक्रम गरिएको छ । कसौधन (बैश्य) समाज युवा मंचको आयोजनामा शनिबार राती नेपालगञ्जमा भब्य होली मिलन समारोह २०७८ सम्पन्न गरिएको हो ।
कोरोना संक्रमणको जोखिम उच्च रहेकाले अघिल्लो वर्ष सम्पन्न गर्न नसकिएको कार्यक्रमलाई यस वर्ष भब्य बनाएर गरिएको कसौधन (बैश्य) युवा मंचका अध्यक्ष आदित्य गुप्ताले जानकारी दिनुभयो ।
सोही कार्यक्रममा भएको लक्की ड्रमार्फत बिजेतालाई उपहार समेत बितरण गरिएको छ । कार्यक्रममा भएको लक्की ड्रमार्फत टिकट नम्बर ६६७ का राम कुमार किराना पसल बम्फर पुरस्कार बिजेता भएको छ ।
यस्तै टिकट नम्बर १३८ का संजय गुप्ता दोस्रो बम्फर उपहारका बिजेता बन्नुभएको छ भने टिकट नम्बर ११९ का सिद्धनाथ बैश्य तेस्रो बम्फर उपहारका बिजेता बन्न सफल हुनुभएको छ ।
यसैगरी टिकट नम्बर १००६ का मनिषा कशौधन, १०१० का बालाजी परिवार, ८७७ का महेश गुप्ता चौथौ पुरस्कार बिजेता बन्नुभएको छ भने टिकट नम्बर ३२९, ६३, ४६०, ७११, ५०८, १७७, ५५६, २७, ९५७, ७७८, २९०, १३१, ८८२, २७६ र ३४५ सान्त्वना पुरस्कारको बिजेता बन्न सफल भएका छन् ।
बम्फर उपहार अन्तर्गत प्रथम पुरस्कार स्वरुप कुलर, दोस्रो बम्फर उपहार अन्तर्गत म्याट्रिक्स २ थान, तेस्रो बिजेतालाई चाँदीको सिक्का ३ थान, चौथो बिजेतालाई मल्टीप्लक रहेको थियो ।
कार्यक्रममार्फत समाजको बिकास तथा कशौधन समाज समेतलाई बिशेष योगदान पुर्याउने व्यक्तिहरुलाई सम्मानित गरिएको थियो । यस्तै कार्यक्रममा बाँकेका प्रमुख जिल्ला अधिकारी सुर्य बहादुर खत्रीलाई समेत सम्मान प्रदान गरिएको थियो ।
कार्यक्रममा कृपा मेडिकल सेन्टर (कृपा हस्पिटल प्रालि सुर्खेतरोड, माँ अम्बे अटो पार्टस बिपी चोक नेपालगञ्जले सहकार्य गरेको थियो । मंचले सामाजिक कार्यहरु गर्दै अघि बढिरहेको छ ।
कोरोना संक्रमणका कारण सबैतिर वातावरण सामान्य नभएको समयमा समस्यामा परेका परिवारलाई खाद्यन्न बाड्ने, बृृद्धाश्रमलाई खाद्यन्न सहयोग प्रदान, आवश्यक स्वास्थ्य सामाग्री बितरण तथा जनचेतनामूलक कार्यक्रमहरु गरेर मंच चर्चा बटुल्न सफल भएको छ ।





