लुम्बिनीको राजधानीको गुरूयोजना तयार

बुटवल । दाङको भालुवाङस्थित लुम्बिनी प्रदेशको स्थायी राजधानीको गुरूयोजनाको प्रारम्भिक मस्यौदा तयार भएको छ ।

२०७७ साल असोज २० गते लुम्बिनी प्रदेश सभाबाट स्थायी राजधानी घोषणा भएको डेढ वर्षपछि सरकारले राजधानीको गुरूयोजनाको प्रारम्भिक मस्यौदा तयार भएको हो ।

प्रदेश पूर्वाधार विकास प्राधिकरणका कार्यकारी निर्देशक अनन्तराज घिमिरेले नदी सभ्यतामा आधारित रहेर प्रदेश राजधानीको गुरूयोजना तथा जग्गा अधिग्रहण कार्यविधिको प्रारम्भिक मस्यौदा तयार गरिएको जानकारी दिनुभयो ।

राजधानीको गुरूयोजनाको प्रारम्भिक मस्यौदालाई घिमिरेले र जग्गा अधिग्रहण कार्यविधिको प्रारम्भिक मस्यौदालाई मुख्य न्यायाधीवक्ता श्रीकृष्ण सुवेदीले मुख्यमन्त्री कुलप्रसाद केसीलाई बुझाउनुभएको छ ।तत्कालीन प्रदेश सरकारले दाङको राप्ती गाउँपालिका, गढवा गाउँपालिकाको वडा नम्बर १, २ र ३ तथा अर्घाखाँचीको शितगंगा नगरपालिकाको वडा नम्बर ८ र ९ को राप्ती किनारको मैदानी भागलाई राप्ती उपत्यका नामाकरण गर्दै प्रदेशको राजधानी घोषणा गरेको थियो ।

सोही अनुरूप दाङको राप्ती गाउँपालिका, गढवाका तीन वटा वडा र अर्घाखाँचीको शितगंगाका दुइटा वडाका भू भाग समेटेर राजधानीको गुरूयोजना तयार गरिएको छ ।

सरकारले राजधानीको गुरूयोजनाको प्रारम्भिक मस्यौदा तयार गर्न २०७८ साल मंसिर १६ गते मुख्य न्यायाधीवक्ता श्रीकृष्ण सुवेदीको नेतृत्वमा पदम वैद्धिक, किशोर थापा, कोष नारायण अधिकारी लगायतको समिति बनाएको थियो । सोही समितिले चार महिनाको अवधिमा गुरूयोजनाको प्रारम्भिक मस्यौदा तयार गरेको हो ।

Previous articleफिल्म “कोडा” ले जित्यो सर्वोत्कृष्ट अस्कर अवार्ड
Next articleहरियाणा क्लब बन्याे प्रधानमन्त्री कप अन्तर्राष्ट्रिय भलिबल प्रतियोगिताको च्याम्पियन

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here