मुस्लिम राष्ट्रिय मुक्ति मोर्चा नेपालको बिस्तारित बैठक सम्पन्न

साहिल शेष (ताहिर), नेपालगन्ज । मुस्लिम राष्ट्रिय मुक्ति मोर्चा नेपालको बिस्तारित बैठक सोमबार नेपालगन्जमा सम्पन्न भएको छ ।

सम्पूर्ण उत्पीडित मुस्लिमहरू एक हौं भन्ने मूल नाराका मुस्लिम राष्ट्रिय मुक्ति मोर्चा नेपालको बिस्तारित बैठक नेपालगन्जमा सम्पन्न भएको हो ।

नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्रको भातृ संगठनको रूपमा रहेको मुस्लिम राष्ट्रिय मुक्ति मोर्चा नेपालले आयोजना गरेको बिस्तारित बैठक नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्रका नगर अध्यक्ष रतन शाहीको प्रमुख अतिथिमा सम्पन्न भएको थियो ।सो कार्यक्रममा नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्रका लुम्बिनी प्रदेश कमिटी सदस्य नवीन शर्मा, नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्रकै लुम्बिनी प्रदेश कमिटी सदस्य, आदेश अग्रवाल, मुस्लिम राष्ट्रिय मुक्ति मोर्चा नेपालका केन्द्रिय सदस्य तथा नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्रका नगर कोषाध्यक्ष कस्मिरा खातुन, नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्रका नगर सह सचीब नन्दलाल वैश्य, कलिमुन्न निशा लगायतका नेताहरूले बैठकलाई सम्बोधन गरेका थिए ।

उक्त बैठक मुस्लिम मुक्ति मोर्चा नेपालका नगर अध्यक्ष महबुब अली इद्रीसीको अध्यक्ष्यतामा सप्पन्न भएको थियो । बैठकमा २ सय भन्दा बढीको सहभागिता रहेको आयोजकले जनाएको छ ।

Previous articleराँझा चाेकमा टिप्परले किच्दा एक जनाकाे मृत्यु
Next articleनेपालगञ्जमा १५ दिने आधारभूत पत्रकारिता तालिम शुरु

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here