नेपालगञ्जमा १५ दिने आधारभूत पत्रकारिता तालिम शुरु

नेपालगञ्ज । नेपाल पत्रकार महासंघ बाँकेको आयोजनामा नेपालगञ्जमा १५ दिने आधारभूत पत्रकारिता तालिम शुरु भएको छ ।

मंगलबार एक औपचारिक समारोहकाबीच तालिमको उद्घाटन गरिएको हो । तालिमलाई नेपालगञ्ज उपमहानगरपालिका प्रवक्ता एवं वडा नं १ का वडाअध्यक्ष प्रमोद रिजालले उद्घाटन गर्नुभयो ।

उपमहानगरपालिकालको सहयोगमा शुरु भएको तालिमको उद्घाटन समारोहमा बोल्दै प्रवक्ता एवं वडाअध्यक्ष रिजालले पत्रकारिताले समाजको बिकासमा तिब्र सहयोग पुग्ने बताउनुभयो ।

पत्रकारिता तेस्रो आँखाका रुपमा रहेको र समाजको वास्तविक सत्य तथ्यलाई उजागर गर्नुपर्ने यसको मुल मर्म भएको हुँदा बिशेषगरी यसतर्फ सबैको ध्यान हुन आवश्यक रहेकोमा जोड दिनुभयो ।

महासंघ बाँके उपाध्यक्ष करुणा शाहको अध्यक्षतमा भएको उद्घाटन शत्रमा पत्रकार महासंघ लुम्बिनी प्रदेश उपाध्यक्ष शुक्रऋषि चौलागाई, प्रेस चौतारी बाँकेका अध्यक्ष दुर्गा रोकाया, प्रेस सेन्टर बाँकेका अध्यक्ष डक्ट प्रसाद धितालको उपस्थिति रहेको महासंघ बाँके सचिव कमल डाँगीले जानकारी दिनुभयो ।

Previous articleमुस्लिम राष्ट्रिय मुक्ति मोर्चा नेपालको बिस्तारित बैठक सम्पन्न
Next articleप्रहरी जवान मृत फेला

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here