
सल्यान । सल्यानको इलाका प्रहरी कार्यालय शितल पाटीमा कार्यरत प्रहरी जवान मृत फेला परेका छन् ।
इलाका प्रहरी कार्यालय शितल पाटी नजिकै भगवती खोला जाने बाटोको नालामा मंगलबार बिहान मृत फेला परेको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ ।
पश्चिम रुकुम मुसिकोट नगरपालिका छिवाङका पवन केसी मृत फेला परेको जिल्ला प्रहरी कार्यालय सल्यानका सूचना अधिकारी अर्जुन पौडेलले बताउनुभयो ।
आज बिहान स्थानीय एक महिलाले प्रहरीको शव देखेपछि प्रहरीलाई खबर गरेकी थिइन । ड्युटी सकेर कोठामा फर्कने क्रममा कार्यालय छेउको भीरबाट लडेर मृत्यु भएको हुन सक्ने पौडेलको भनाई छ ।
घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।





