समाजको उदाहरणीय व्यक्तित्व समाजसेवी बर्मा !

नेपालगञ्ज । नेपालगञ्जका समाजसेवी माधवराम बर्माले जग्गा दान गर्नुभएको छ । बर्माले मंगलबार नेपालगञ्जस्थित बास नेपालको केन्द्रीय कार्यालय भवन निर्माणका जग्गा दान गर्नुभएको हो ।

बर्माले नेपालगञ्ज उपमहानगरपालिका वडा नम्वर १८ भुजईगाउँमा रहेको १६४१ बर्गफिट जग्गा बासका केन्द्रीय अध्यक्ष रमेश सिटौला, सल्लाहकारद्वय पूर्णलाल चुके र लोक बहादुर शाहलाई दान पत्र हस्तान्तरण गर्नुभएको छ ।

सम्पत्तिले कसैलाई नपुग्ने र भएको सम्पत्ति सामाजिक कार्यमा समर्पित गर्दाको आनन्द बेग्लै हुने हुँदा सामाजिक सेवाका लागि आफुले जग्गा दान गर्दै आएको जग्गादाता बर्माले बताउनुभयो ।

बर्माले यसअघि थुप्रै संस्थालाई जग्गा दान गर्नुभएको छ । समाजको हितमा रहेका र रहेर कार्य गर्दै आएकाहरुलाई समाजप्रति थप उत्तरदायी बनाउन तथा समाजमा सहयोगी भावनाको बिकास गर्न सहयोग प्रदान गरेको उहाँको धारणा छ ।

Previous articleप्रहरी जवान मृत फेला
Next articleराष्ट्रिय भुमि आयोग बाँकेको अध्यक्षमा यादव नियुक्त

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here