राष्ट्रिय भुमि आयोग बाँकेको अध्यक्षमा यादव नियुक्त

नेपालगन्ज । राष्ट्रिय भुमि समस्या समाधान आयोग बाँकेको अध्यक्षमा श्रवण कुमार यादव नियुक्त हुनुभएको छ ।

जनता समाजवादी पार्टी नेपालकाे नेपालगंजका नगर अध्यक्ष समेत रहनुभएका यादवलाई भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले बाँकेकाे अध्यक्षमा नियुक्त गरेकाे हाे ।नेपाल सरकार मन्त्रीपरिषदकाे २०७८ चेैत्र १७ गतेकाे निर्णय अनुसार राष्ट्रिय भूमि आयाेग बाँकेकाे अध्यक्षमा चयन गरिएको एक सूचना जारी गरेर मन्त्रालयले जनाएको छ ।

१७ गते जारी गरिएको पत्रानुसार राष्ट्रिय भूमि गठन आदेश २०७८ काे दफा ८ काे उपदफा १ काे खण्ड (क) बमोजिम राष्ट्रिय भूमि आयाेग बाँकेकाे अध्यक्षमा चयन गरिएको उल्लेख छ ।

Previous articleसमाजको उदाहरणीय व्यक्तित्व समाजसेवी बर्मा !
Next articleनेपाल भारतका पत्रकारबीच नेपालगञ्जमा ऐतिहासिक अन्तरक्रिया हुँदै

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here