लुना बुढाथोकीको अध्यक्षतामा बास नेपालको नयाँ नेतृत्व चयन

नेपालगञ्ज । बागेश्वरी असल शासन (बास) नेपालको केन्द्रीय अध्यक्षमा लुना बुढाथोकी निर्वाचित हुनुभएको छ ।

नेपालगञ्जमा शनिबार सम्पन्न बास नेपालको ९ औं महाधिवेशनले बुढाथोकीको अध्यक्षमा निर्विरोध कार्यसमिति निर्वाचित गरेको हो ।

कार्यसमिति उपाध्यक्षमा शिवकुमार बर्मा, महासचिवमा खुमेश सुवेदी, सचिवमा दिला शाह, कोषाध्यक्षमा कल्पना अधिकारी, प्रदेश १ संयोजकमा सुमन पर्नेरु, मधेश प्रदेश संयोजक इश्वर बिक, बागमती प्रदेश संयोजकमा इश्वर दाहाल, गण्डकी प्रदेशमा प्रकाश परियार, लुम्बिनी प्रदेश संयोजकमा खेम बिष्ट, कर्णाली प्रदेश संयोजकमा धिरेन्द्र कुमार शाही र सुदुरपश्चिम प्रदेश संयोजकमा पाण्डव पुजारा चयन हुनुभएको छ ।यस्तै १९ सदस्यीय निर्विरोध निर्वाचित कार्यसमितिको केन्द्रीय सदस्यहरुमा खुल्लातर्फबाट सुरेन्द्र शाही, युवराजजंग शाह, मधेशी तथा मुस्लिमतर्फ मनमोहन बर्मा, महिलातर्फ दिक्षा बोहरा र मेघा रेउले, दलित तथा जनजातीतर्फ तपेन्द्र बहादुर मलाती र अपाङ्गतातर्फ जुमान सिंह केसी चयन हुनुभएको छ ।

दुई दिनसम्म चलेको महाधिवेशनको उद्घाटन शत्रमा संस्थाको प्रगति प्रतिवेदन, समन्वय सहकार्य गरेकाहरको सम्मान, उत्कृष्ठ कर्मचारी तथा शाखा सम्मान गरिएको थियो ।

Previous articleआजदेखि मुस्लिम समुदायको पवित्र महिना रमजान शुरु
Next articleतीन महिने सिलाई कटाई तालिमसंगै सहभागिलाई मेसिन बितरण

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here