तीन महिने सिलाई कटाई तालिमसंगै सहभागिलाई मेसिन बितरण

नेपालगञ्ज । समानता तथा सशक्तीकरण मञ्चको आयोजना तथा युनिकोन, वोमेन फोर वोमेन युएसए ( UNCON, WOMEN4WOMEN, USA) को सहयोगमा सञ्चालित सो तीन महिने तालिममा ८ जना प्रशिक्षार्थी रहेका थिए ।

समापनको क्रममा प्रशिक्षार्थीहरुले तालिममा सिकेका शिपलाई व्यावसायिक रुपमा अगाडि बढाएर लैजाने धारणाा राखेका थिए ।

सशक्तीकरणका लागि महिला आर्थिक रुपले आत्मनिर्भर हुन जरुरी रहेको बताए । तालिमको लागि UNCON को सहयोगलाई संस्थाका अध्यक्ष मुना श्रेष्ठले धन्यवाद दिनुभयो ।

तालिमका प्रशिक्षार्थीहरुलाई प्रशिक्षण मोबिना अन्सारीले दिनु भएको थियो । समापनमा प्रशिक्षार्थीहरुलाई सिलाई मेशिन पनि वितरण गरिएको थियो ।

Previous articleलुना बुढाथोकीको अध्यक्षतामा बास नेपालको नयाँ नेतृत्व चयन
Next articleडोटीमा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here