
धनगढी । डोटीमा जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । आइतबार साँझ ७ बजे पूर्वीचौकी गाउँपालिका-१ दौरीकोटमा साझघाटबाट गैरागाउँ जाने क्रममा से १ ज ८३९ नम्बरको जीप दुर्घटनामा परेको हो ।
दुर्घटनामा दुई जनाको मृत्यु भएको प्रहरीले जनाएको छ। मृत्यु हुनेमा पूर्वीचौकी-३ गैरागाउँका २९ वर्षीय खेमबहादुर बोहरा र सोही ठाउँका ४५ वर्षीय पुरन बोहरा रहनुभएको छ ।
घटनामा ७ जना घाइते भएको जिल्ला प्रहरीले कार्यालय डोटीका डिएसपी भोलाकुमार भट्टले जानकारी दिनुभयो ।
जीप सडकबाट अन्दाजी ६ सय मिटर तल खोलामा खसेको भट्टले बताउनुभयो । जीप चालक फरार रहेका छन् । घटनाबारे अनुसन्धान भइरहेको भट्टले बताउनुभयो ।





