
सुर्खेत । कर्णाली प्रदेश अस्पताल सुर्खेत परिसरमा बच्चाको शव कुकुरले च्यापेर डुलिरहेको फोटो र भिडिओ सामाजिक सञ्जालमा भाइरल भयो । अस्पतालको पार्किङ क्षेत्रमा बच्चाको शव च्यापेर कुकुर डुलिरहेको भिडिओ शनिबारदेखि भाइरल भएको थियो ।
उक्त भिडिओ कसैले मोबाइलमा खिचेका थिए । बच्चाको शव कुकुरले लिएर हिँडेको फोटो र भिडिओ देखेर कर्णाली प्रदेश अस्पतालको आलोचना भइरहेको छ ।
अस्पतालले भने शनिबार नै विज्ञप्ति निकालेर बच्चाको शवबारे अनुसन्धान गर्न प्रहरीलाई अनुरोध गरिसकेको बताएको थियो । जिल्ला प्रहरी कार्यालय सुर्खेतले घटनाबारे अनुसन्धान गरेपछि मृत बच्चा कसको हो भन्ने खुलेको छ ।
प्रहरी निरीक्षक कनकबहादुर शाहीका अनुसार दैलेखको आठबीस नगरपालिका–९ का गोपाल विक र पवित्रा बिकको बच्चाको शव भन्ने खुलेको छ । प्रदेश अस्पतलमा सुत्केरी हुन आएकी पवित्राबाट गत चैत १४ गते मृत बच्चा जन्मेको थियो ।
अस्पतालले उहाँको परिवारलाई शव जिम्मा लगाएको थियो । उनीहरुले अस्पताल परिसरको जंगल भएको क्षेत्रमा मृत बच्चालाई गाडेका थिए । त्यहीबाट कुकुरले ल्याएको हुन सक्ने अनुमान छ ।
शवको सनाखत गराई पुनः सुरक्षित रुपमा दाहसंस्कार गर्न बुवा गोपाललाई आइतबार नै जिम्मा लगाइएको थियो । ‘उहाँहरु सुर्खेतमै हुनुहुँदो रहेछ, हामीले अनुसन्धान गर्ने क्रममा पत्ता लागेपछि शव जिम्मा लगाएको उहाँले बताउनुभयो । सेतोपाटीबाट





