६ वटा कम्पनी कालोसूचीमा

काठमाण्डौ । सरकारले ६ वटा कम्पनीलाई कालोसूचीमा राखेको छ ।

सार्वजनिक खरिद अनुगमन कार्यालयले सूचना निकालेर निर्माण तथा आपूर्तिमा आबद्ध एउटा कम्पनीलाई तीन वर्ष र ५ वटा कम्पनीलाई एक वर्षका लागि कालोसूचीमा राखेको हो ।

ती कम्पनीहरुले कालोसूची अवधिभर सार्वजनिक निकायको कुनैपनि खरिद कारबाहीमा भाग लिन नपाउने सूचनामा उल्लेख छ ।

एउटा भारतीय कम्पनी टीबीईएलाई तीन वर्ष कालोसूचीमा राखिएको छ भने पाँच वटा नेपाली कम्पनीलाई एकरएक वर्षका लागि कालोसूचीमा राखिएको छ ।

नेपाली कम्पनीहरुमा चिराग कन्स्ट्रक्म्सन गोरखा, कर्णाली बिल्डर्स धनुषा, फैजल एण्ड अफजल कन्स्ट्रक्सन रौतहट, कुरालदेव निर्माण सेवा रसुवा र तितुङ कन्स्ट्रक्सन काठमाण्डौ रहेका छन् ।

Previous articleबच्चाको शव च्यापेर कुकुर अस्पताल परिसरमा डुलेपछि…….
Next articleनरैनापुरको कृष्णनगरमा आगलागी, १२ घर जलेर नष्ट

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here