नरैनापुरको कृष्णनगरमा आगलागी, १२ घर जलेर नष्ट

नेपालगञ्ज । बाँकेको नरैनापुर गाउँपालिका वडा नं ४ को कृष्णनगरमा भिषण आगलागी भएको छ । सोमबार दिउँसो भएको आगलागीबाट १२ घर, ४ वटा बाख्रा जलेर नष्ट भएको स्थानीयले बताएका छन् ।

वडा नं ४ को घोडदौरियास्थित कृष्णनगरमा उक्त आगलागी भएको हो । करिब डेढ घण्टाभपछि आगलागी नियन्त्रणमा आएको बताइएको छ ।

रेडक्रसकर्मी, स्थानीय, शसस्त्र प्रहरी र नरैनापुर गाउँपालिकाको दमकलको सहयोगमा आगलागी नियन्त्रणमा आएको थियो ।

आगलागीबाट कुनै प्रकारको मानवीय क्षति भएन हुन पाएन । घट्नाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Previous article६ वटा कम्पनी कालोसूचीमा
Next articleखेलकुद मन्त्री अथकद्धारा नेपाली क्रिकेट टीमलाई बधाई

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here