खेलकुद मन्त्री अथकद्धारा नेपाली क्रिकेट टीमलाई बधाई

काठमाण्डौं । युवा तथा खेलकुद मन्त्री महेश्वर गहतराज (अथक) ले नेपाली क्रिकेट टीमलाई बधाई दिनुभएको छ ।

नेपालले त्रिकोणात्मक ट्वान्टी–२० शृंखला जितेपछि मन्त्री अथकले नेपाली क्रिकेट टीमलाई बधाई दिनुभएको हो ।

नेपालले सोमबार फाइनलमा पपुवा न्यु गिनी (पीएनजी) लाई ५० रनले पराजित गर्दै सिरिज जितेको थियो ।

नेपालले उपाधि उचाले लगत्तै मन्त्री अथकले सामाजिक सञ्जाल मार्फत खेलाडीहरुलाई बधाई दिनुभएको थियो ।

मन्त्री अथकले सामाजिक सञ्जालमार्फत बधाई दिँदै यस्तो लेख्नुभएको छ, “त्रि देशीय टी–२० सिरिजमा नेपाली राष्ट्रिय क्रिकेट टिमले आज फाइनल खेलमा अभूतपूर्व जित हाँसिल गरेको छ । नेपाली राष्ट्रिय राष्ट्रिय क्रिकेट टिमलाई हार्दिक बधाई ।”

Previous articleनरैनापुरको कृष्णनगरमा आगलागी, १२ घर जलेर नष्ट
Next articleएक वर्ष एक दिनपछि नरैनापुरमा आगलागी (फोटो फिचर)

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here