एक वर्ष एक दिनपछि नरैनापुरमा आगलागी (फोटो फिचर)

नेपालगञ्ज । सोमबार नरैनापुर गाउँपालिका वडा नं ४ को घोरदौरियास्थित कृष्णनगरमा आगलागी भएको छ ।

आगलागीबाट ठुलो मात्रामा धन सम्पत्ति नष्ट भएको छ भने कतिपयलाई घरवार बिहिन नै बनाएको छ । एक वर्ष अघि पनि नरैनापुरको खोदांवा गाउँमा भिषण आगलागी हुँदा पुरै गाउँ जलेको थियो ।त्यो बेला पनि नरैनापुरको खोदांवाबासी दुखित बनाएको थियो भने ठ्याक्कै एक वर्ष एक दिनपछि पुन नरैनापुरको कृष्णनगरमा आगलागी भएको छ । आगलागीबाट १२ घर गोठ र ४ वटा बाख्रा जलेको जनाइएको छ ।आगलागीबाट घरमा रहेका लत्ता कपडा, धन सम्पत्ति, जिन्सी सामाग्री, शैक्षिक सामाग्री, नागरिकता, लालपुर्जा र खाद्यन्नहरु जलेर नष्ट भएका छन् ।स्थानीय रामकुमार दिक्षितले अग्निपिडितको राहतका लागि सहयोगको अपिल गर्नुभएको छ । नरैनापुर गाउँपालिकाले सोमबार केही सहयोग प्रदान गरेको छ ।

Previous articleखेलकुद मन्त्री अथकद्धारा नेपाली क्रिकेट टीमलाई बधाई
Next articleनरैनापुरका अग्निपिडितलाई बिपद व्यवस्थापन समितिद्वारा राहत बितरण

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here